काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले बुधवार कोशी, महाकाली जलाधारका सहायक नदीहरुमा पानीको बहाव बढ्ने पूर्वानूमान गरेको छ ।तर ती नदीहरुमा बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानूमान छ ।महाशाखाका अनुसार कन्काई, कमला, वाग्मती, तिनाउ र यसका सहायक नदीमा पनि बहाव केही बढ्नेछ । केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।नारायणी, कर्णाली र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुनेछ । पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।आज बिहानको मापनानुसार महाकाली, कर्णाली, नारायणी, कोसी र सहायक नदीहरुमा बहाव सतर्कता तहभन्दा तलै रहेको जनाइएको छ ।इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, उदयपुर, ताप्लेजुङ, सोलुखम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जा, कास्की, म्याग्दी, बागलुङ, पर्वत, परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रोल्पा, दाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव केही बढ्नेछ ।