झापा । हिजोका दिनमा दुःखी, पिडित खिनमाया रोएको भिडियो हेरेर धेरैजना रोएका थिए, आज खिनमाया फेरी रोईन प्रत्यक्ष हेर्नेहरु हाँसे । किनकी खिनमयाको रुवाई खुशीको थियो ।झापा अर्जुनधारा–५ की खिनमायाकोमा शुभकार्यमा एकै दिन धेरै मानिसहरु भेला भएको सायदै पहिलो दिन होला । हिजोका दिनमा खिनमायालाई भेट्नेहरुले बिचरा कठैबरा कती दुःखी भनेर सहानुभूती व्यक्त गर्थे, सकैले सकेको केही सहयोग पनि गर्ने गरेका थिए । खिनमायाको घरमा आएर खिनमायाँ संग फोटो खिचाउने उनको घर अवलोकन गर्नेहरु कोही थिएनन् । तर सोमबार घरभरी मान्छे त्यसमा पनि परोपकारी भावना भएकाहरुको उपस्थितीले खिनमायाको मन फुरुंग भएको छ, आज पनि खिनमाया खुशीले रुनु भएको छ ।हिजोका दिनसम्म राम्रो लाउने कुरा त परैजावोस् पेटभरी खान सम्म नपाएर समस्यामा परेकी अतिविपन्न वर्गकी खिनमाया पौडेको समस्याको बारेमा धेरैले थाहाँ पाईसकेको अवस्था छ ।
यस अघि खिनमायाको कठिन अवस्थालाई स्थानीय सञ्चार मध्ययमले समुदायमा देखाए पछि समुदायका सहयोगी मनकारीहरुले भौतिक सामग्री तथा नगद उपलब्ध गराएका कारण आज मजबुद, आर्कशर्षण घर निर्माण सम्पन्न गराएर समुदायले आज खिनमायालाई घर हस्तान्तरण गरेको छ ।घर निर्माणका लागि शेरबहादुर थापा, अर्जुन कडेल, कुलप्रसाद खरेल, सोना गेलाल, उमेश उपरकोटी, रुद्रप्रसाद ढकाल, सुरज काफ्ले, डिके सेल्स एण्ड सर्भिस, हेमन्त चौहान, तेजु भण्डारी, हेल्पिङ हेण्डस् कनकाई फाउण्डेशन, हेल्पिङ हेण्डस् जापान, देवेन्द्र थापा, पदम पौडेल त्यसैगरी जीवन उप्रेती, जीत कार्की, रामप्रसाद श्रेष्ठ, दहिझोडा, नमुना, जुकेखाडी सामुदायिक वन समिति, सञ्जय अग्रवाल, राहुल अग्रवाल, प्रविन अग्रवाल, पुरुषोतम अग्रवाल, अशोक साहेवाल, मुनमुन अग्रवाल लगायतले सहयोग गरेको खिनमाया घर निर्माण समनवयन समितिका सचिव जीवन खतिवडाले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले ‘म झापामा पहिलो पटक आएको हो म विगत १८ महिना देखि यहाँ रहेको छु । मैले यो सयम सम्म झापालाई बुझदा यहाँको समाज यती धेरै विशिष्ठ, विकसित रहेछ, अरुको दुःख, कष्टमा यती धेरै सहयोग गर्ने समाज रहेछ, मैले व्यक्तिगत रुपमा झापाबाट सिकेर बुझेर यहाँबाट जादाँ दिएर जाने विषय बनेको बताउनु भयो ।’दाताहरुलाई फुलगुच्छाले सम्मान गरिएको थियो भने समाचार सम्प्रेक्षण गरेर सहयोग गर्ने पत्रकार विनोद पाण्डे र घर निर्माणमा श्रमदान गराउने नेपाली सेना श्री नयाँ श्री नाथ गण चारआलीका गणपति कार्यक्रमका प्रमुख अतिथि अमरजंग थापालाई कदर पत्र र नेपाली टोपी ओढाएर सम्मान गरिएको थियो । सम्मानितहरुलाई अध्यक्ष लुईटेल, सचिव खतिवडा र खिनमायाले सम्मान गर्नु भएको थियो ।