१. पीडाबोधका कुरा लेख्दा दुःख मात्र पोखिस् भन्छन
देशभक्तिका कुरा लेख्दा तैले बढी खोकिस् भन्छन् ।
भाव सम्वेग यिनै त हुन जसले जे जे लेखे पनि,
मायाप्रीतिका कुरा लेख्दा कति ठिटी बोकिस् भन्छन् ।।
२. न गाउँ सोधियो उनको न शहर सोधियो
न कमाइ सोधियो उनको न घर सोधियो ।
कसरी प्यार भएछ खै ? अचानक भएछ
न उमेर सोधियो उनको, न थर सोधियो ।।
३. सम्बन्ध कि त दाइँ र मियोको जस्तो हुनुपर्छ,
सम्बन्ध कि सलेदो र दियोको जस्तो हुनुपर्छ ।
अरूहरूको सम्बन्ध जस्तोसुकै होस न प्यारी,
हाम्रो सम्बन्ध धागो र सियोको जस्तो हुनपर्छ ।।
४. कर्मको फल पाखुरीमै भएनि त्यसकै भर,
जसलाई भाग्य भन्नुस या निधार भन्नुस्
मान्छेको पहिचान त्यसैले दिने हो,
जसलाई बुद्वि भन्नुस या विचार भन्नुस् ।
हुनेखानेको रछ्यानमै रमाउँछ, हरेक पल
चाडपर्व र महोत्सव बनेर, हुँ
दा खानेको भान्छामा करबलले पस्छ,
जसलाई दशैं भन्नुस या तिहार भन्नुस् ।।
५. सँधैभरी एकै नासको गर्न चुरीफुरी सकिएला न सकिएला
मरिमेटेर ठड्याउन आदर्शको धुरी सकिएला न सकिएला ।
कोरोनाको सन्त्रास छ भेट्ने कुरा गर्दै नगर प्यारी
भेटमा कायम गर्न भौतिक दुरी सकिएला न सकिएला ।।