बाजुरा । बाजुरामा लागतार वर्षाका कारण साँफे मार्तडी लोकमार्ग अन्तर्गत पर्ने बल्दे अम्कोट सडकमा पहिरोले बग्नथालेपछि सुचारु हुन सकेको छैन । तीन महिनादेखि सडक बग्नथालेपछि भएको हो ।
बन्द सडक राम्रोसँग सडक सुचारु नहुँदा बाजुराका स्थानीयहरुलाई सदरमुकाम मार्तडी सम्म आउजाउ गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।
सडक पहिरोमा परिणत भएपछि यहाँका अधिकांश किसानले बारीमा उत्पादन गरेको तरकारी सदरमुकाम मार्तडीसम्म लिएर विक्री गर्न पाएका छैनन् ।
बारीमा उत्पादन गर्दै आएको तरकारी मार्तडी बजारमा लिएर विक्री गर्ने सोच बनाएका स्थानीय समस्यामा परेका छन् । तरकारी फल्यो तर सडक अझै सुचारु नभएका कारण बारीमै सुहिना थालेको बडिमालिका नगरपालिका ५ रिलाका स्थानीय काली नाथले बताउनुभयो ।
त्यस्तै लामो समय सम्म पानी परेकोले यो वर्ष खासै तरकारी राम्रोसँग फलाउन नसाकेको बडिमालिका नगरपलिका –४ का स्थानीय कर्ण विकले बताउनुभयो । तैपनि थोरै तरकारी उत्पादन गरेको भए पनि बाटो नबनेका कारण विक्री गर्न समस्या भएको विकको भनाइ छ ।
वर्षाका कारण साँफे–मार्तडी लोकमार्ग पहिरोमा परिणत भएपछि स्थानीयले आवागमन कार्यमा निकै सास्ती खेप्दै आउनु परेको छ । गत जेठ महिनाबाट अवरुद्ध बन्दै गएको साँफे–मार्तडी लोकमार्ग अहिलेसम्म पनि खुल्न नसकेपछि बाजुराका स्थानीयवासीन्दालाई आवागमन कार्यमा निकै सास्ती खेप्नु परेको स्थानीयको रविता नेपालीले बताउनुभयो ।
तीन महिना देखि साँफे मार्तडी लोकमार्ग अन्तर्गत पर्ने बार्जुगाड, ताँप्री, बल्दे, अम्कोट र पानी नाउँला लगायतका विभिन्न ठाउँमा सडकको तलमाथीबाट भिषण पहिरो बग्नथालेपछि सडक अवरुद्ध हुँदै आएको छ । पहिरोले लोकमार्ग अवरुद्ध सडक सुचारु गर्न भौतिक पुर्वाधार विकास तथा सडक डिभिजन साँफेलाई जानकारी गर्दै आएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, पानी रोकिएर घाम लाग्ने विक्तिकै स्काइभेटर लगाएर सडक सुचारु गर्ने योजना छ ।