सङ्खुवासभा । उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गतको चिचिला गाउँपालिका क्षेत्रको सडक बन्द गरिएको छ । अरुण तेस्रो आयोजनाका मालवाहक गाडीहरु जथाभावी पार्किङ गर्ने र सडक मर्मतमा विभिन्न निकायमा अनुरोध गर्दा समेत बेवास्ता गरेपछि गाउँपालिकाले सूचना निकालेर आइतबारदेखि सडकखण्ड बन्द गरेको हो ।
चिचिला गाउँपालिका क्षेत्रमा पर्ने छ्याङ्कुटी –चिचिला–देउराली सडक खण्डमा बर्खायाम सुरु भएसंगै एम्बुलेन्स लगायतका अत्या आवश्यक सवारी साधनहरु आवतजावतमा समस्या भएको छ । अरुण–३ जस्ता ठुला आयोजनाका मालवहाक सवारी साधनहरुका कारण सवारीसाधन चल्न नसक्ने भएको भन्दै गाउँपालिकाले विभिन्न निकायमा अनुरोध गर्दा पनि वेवस्ता गरेको गन्दै बन्द गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनु भयो ।
आयोजनानका मालवाहक ठूला गाडीका कारण सडक बिग्रिएपछि एम्बुलेन्स सञ्चालनमा समेत समस्या भएपछि सडक खण्ड बन्द गरेको अध्यक्ष शेर्पाको भनाइ छ । सडक मर्मत नभएसम्म अरुण तेस्रो आयोजनाका लगातयतका ठूला गाडी सञ्चालन गर्न बन्द गरिएको उहाँको भनाइ छ ।
गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल र उत्तर दक्षिण सडक कार्यालयलाई अनुरोध गर्दा पनि बेवस्ता गरेका कारण सडक खण्ड अवरुद्ध गर्न बाध्य गाउँपालिकाले बताएको छ ।
छ्याङ्कुटी –देउराली सडक खण्डमाएम्बुलेन्स लगायतका अत्यावश्यक सानासवारी साधनहरु भने सञ्चालन हुने बताइएको छ । गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, अनरुण तेस्रो निर्माण कम्पनी एसएपिडिसी, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, उत्तर लक्षिण कोशी सडक आयोजना लगायतका कार्यालयमा सडकको अवस्था बारे जानकारी गराएको थियो ।
गाउँपालिकाको अनुरोधलाई वेवास्ता गरेकोले सडक मर्मत नभएसम्म गाउँपालिका क्षेत्रभित्र ठुला सवारीसाधन आवतजावत बन्द गरिएको हो ।