झापा । झापाको चारपानेका प्रकाशको उपचारका लागि समुदायका अगुवा, सामाजिक संघ–संस्थाका प्रतिनिधि, युवाहरुसहितको ‘प्रकाश बचाउ’ अभियान आर्थिक सहयोग संकलन समिति गठन भएको छ । आर्थिक अवस्थामा गुज्रिएका बिर्तामोड–२, चारपानेका प्रकाश शर्माको उपचारका लागि स्थानीय समाजसेवीहरुको भेलाले डिल्लीराम सिटौलाको संयोकत्वमा १४ सदस्य समिति गठन भएको हो ।
वडा कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय सामाजिक संस्थाहरुको प्रतिनिधित्व हुने गरी गठन भएको समितिको सचिवमा जगन्नाथ अधिकारी, कोषाध्यक्षमा शीखा खड्का रहेका छन् । त्यस्तै सदस्यहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडासदस्य उपेन्द्र पराजुली, सीताराम ढुङ्गेल, हरिभक्त उप्रेती, विनोद पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, शिवप्रसाद साह रहेको छन् ।
त्यस्तै सामाजिक सञ्जाल समन्वय संयोजकमा ‘प्रकाश बचाउ’ अभियान समिति गठन किरण पौडेल रहेका छन् भने सदस्यहरुमा विरामी प्रकाशको परिवारकातर्फबाट उमेश शर्मा, लक्ष्मीप्रसाद घिमिरे, राजु गिरी, नवराज सिटौला रहेका छन् । समितिले देश विदेशबाट प्रकाशलाई सहयोग गर्न सजिलो होस् भनेर प्रकाश शर्माको नाममा बैंक खाता पनि खोलेको छ ।
एनआईसी एशिया बैंकको खाता नं. L१८७००१०३४३५२४०१ रहेको छ । सहयोग गर्न चाहने दाताहरुले सिधै विरामीको खातामा रकम जम्मा गर्ने व्यवस्था समितिले मिलाएको छ । विरामीको बारेमा थप जानकारी प्राप्त गर्नका लागि ९८४२६३३९६८/ ९८४११४१४१४/ ९८२४०७९९०३ मा फोन गरेर पनि बुझ्न सकिने ‘प्रकाश बचाउ’ अभियानका संयोजक सिटौलाले जानकारी दिनु भयो ।
शर्मा विगत ३ बर्ष देखि ओछ्यानमा थलिएका छन् । १५ बर्ष देखि सामान्य रुपमा वाथ रोगबाट सुरु भएको उनको बिग्रदो स्वास्थ्य क्रमस् कमजोर हुदै गयो । परिवारको गुजरा जलाउनु उनको मुख्य दाहित्व भएकाले दवाई खादै राजमिस्त्री मजदुरी गर्दै आएका शर्मालाई वाथको दवाईनै विष सावित भएर दवाईको नकारात्मक असरका कारण घुडाको पाङग्रा र कम्मरमुनीको मुख्य दुईवटा हड्डी खिएर कामै नलाग्ने भएर हाल कम्मरदेखि तलको अंग चल्न छोडेपछि उनि थलिएका हुन ।