बनेपा । काभ्रेपलाञ्चोकका सातवटा स्थानीयतह समग्र विभिन्न संकटको उच्च जोखिममा रहेका छन् । जिल्लाका सातवटा स्थानीयतह भुकम्प, कोरोना संक्रमण्, बढी, आगलागी, सवारी दुर्घटना, हरीबतास, चट्याङ र पहिरोको उच्च जोखिमम रहेका हुन् ।
जिल्ला वपद् व्यवस्थापन समिति काभ्रेले सातवटा स्थानीयतहलाई विभिन्न जोखिमको उच्च जोखिममा रहेको बताएको हो । आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) काभ्रेका सूचना व्यवस्थापन अधिकृत राजकुमार घिमिरेका अनुसार पाँचखाल, बनेपा, धुलिखेल, नमोबुद्ध, पनौती, महाभारत र खानीखोला गाउँपालिका समग्र सङ्कटको उच्च जोखिममा रहेका छन् ।
उहाँका अनुसार पाँचखाल भूकम्प, कोरोना सङ्क्रमण, बाढी, आगलागी र सवारी दुर्घटनाको उच्च जोखिममा रहेको छ । बनेपा भूकम्प, कोरोना, आगलागी, सवारी दुर्घटनाको जोखिममा रहेको छ ।
यसैगरी धुलिखेल भूकम्प, कोरोना, आगलागी, सवारी दुर्घटनाको जोखिममा रहेको छ । नमोबुद्ध भूकम्प, हुरीबतास, चट्याङ र आगलागीको जोखिममा छ भने पनौती भूकम्प, कारोना, आगलागी र सवारी दुर्घटनाको उच्च जोखिममा छ ।