सिन्धुली । सिन्धुलीगढी– सोलाभन्ज्याङ–नागि सडक खण्डमा जोखिम मोलेर यात्रा गर्नु पर्नै अवस्था रहेको छ । निर्माणाधीन सडकमा ठाउँठाउँमा पहिरो तथा ढुंगा खस्ने र साँघुरो सडकका कारण यात्रा जोखिम रहेको हो ।
८० प्रतिशत निर्माण सम्पन्न भएको सिन्धुलीगढी–सोलाभन्ज्याङ–नागि सडक खण्डमा पहिरोले रिटेनिङ वाल लगाएत सडक नै पुरेको छ । निर्माण व्यवसायीले सडक निर्माणमा लापर्बाहि गरेको कारण पहिरो तथा ढुंगा खस्ने र निर्माण भएको वाल, नाला भत्किन थालेको स्थानिले आरोप लगाएका छन् । मापदण्ड विपरित सडक खोलिएका कारण पहिरो खसेको स्थानियले बताएका छन् । कालोपत्रे सहितको फराकिलो सडक निर्माण हुने भन्दै खुसि भएका स्थानिय सडकमा खसेको पहिरो देखेर यतिबेला निरास भएका छन् ।
उक्त सडकमा ज्यानै जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता भएको सुनकोशी गाउँपालिका ४ नागिका राम कृष्ण भट्टराइले बताउनुभयो । गाउँबाट सिन्धुलीमाढी बजार गइरहनु पर्ने र दिनमा दुइ¬तीनपटक सम्मबाटोमा आवतजावत गर्नु पर्दा रात, साझ जति बेला पनि यहि बाटो हो हिड्ने, माथिबाट पहिरो झरिरहेको हुँदा कहाँ कुन बेला पहिरोले आफैँलाई पुर्ने हो थाहा नहुने उहाँको भनाइ छ । आफ्नै गाउँमा पिच सहितको सडक निर्माण हुने भएपछि धेरै खुसि लागेको र यहि वर्ष भित्र सडक कालोपत्र हुन्छ भनेको बाटोको हालत दयनिय रहेको भट्टराईले बताउनु भयो ।
अब कहिले सम्म यसरी ज्यान जोखिममा राखेर आवतजावत गर्नु आफूहरुलाई समस्या भएको स्थानिय डिकमान घलानले बताउनु भयो ।
गुणस्तर सडक निर्माण गर्न निर्माण व्यवसायीलाई बारम्बार आग्रह गरिरहेको बागमती प्रदेश सभा सदस्य विनोद कुमार खड्काले बताउनुभयो । उक्त सडकखण्ड यहि आर्थिक वर्षमा सडक निर्माण सम्पन्न गरिने गरि सम्झौता भएको थियो । तर सडक समयमा सम्पन्न नहुदाँ स्थानियले सास्ती खेप्नु परेको छ ।
सडक बागमती प्रदेशको २१ करोड लागतमा यहि आर्थिक वर्ष ०७७/७८ मा निर्माण सम्पन्न गरिसक्ने गरि आत्रय कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तर, कोरोना भाइरसको कारण सडक निर्माणको काम ढिला भएको छ ।