विकास बन्जाडे
कपिलवस्तु । कोरोना माहामारीका बीच लामो समयको निषेधाज्ञाका अलावा सरकारी सेवासुविधा पाउने भएपछि कपिलवस्तु लगायत तराईका जिल्लामा नागरिकता लिनेको प्रशासन कार्यालयमा भीड हुने गरेको छ । कपिलवस्तुका तीनवटा प्रशासन कार्यालयबाट बितेका वर्षमा मात्र पन्ध्र हजार बढीले नागरिकताको प्रमाण पत्र लिएका भएपनि दरवन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीले छिटोछरितो सेवा नपाएको गुनासो छ ।
कपिलवस्तु प्रशासनका बाणगँगा, चन्द्रौटा, तौलीहवा स्थित तीनवटा शाखाबाट दैनिक नयाँ तथा प्रतिलिपि गरी प्रत्येक शाखाबाट एक सयदेखि डेढसयको हाराहारीमा नागरिकता वितरण भएका छन् । कोरोना माहामारीका बीच लामो समयको निषेधाज्ञाका अलावा सरकारी सेवासुविधा पाउने भएपछि कपिलवस्तु लगायत तराईका जिल्लामा नागरिकता लिनेको प्रशासन कार्यालयमा भीड हुने गरेको हाे । भिडभाडका कारण नागरिकता लगायतका काममा ढिला हुने गरेको सेवाग्राहीको गुनासो गरेका छन् ।
गत आर्थिक वर्षमा मात्र जिल्ला प्रशासनका तीनवटा कार्यालयबाट पन्ध्र हजार बढीले नागरिकता लिएका छन् । सरकारले तराईका जिल्लामा गतवर्षदेखि बालपोषण भत्ता उपलब्ध गराउन थालेपछि नागरिकता लिनेको संख्या बढेको हो ।
प्रशासनका अधिकारीले सेवाग्राहीको निषेधाज्ञापछि एक्कासी भीड बढेकाले नागरिकता लगायतका काममा केही ढिलाइ हुन गएपनि छिटोछरितो सेवासुविधा दिन लागि परेको दाबी गरेका छन् ।
ईलाका प्रशासन कार्यालय बाहेक जिल्ला प्रशासन कार्यालयले नागरिकता, राहादानीका अतिरिक्त शान्ती सुरक्षा, ठाडो उजुरी, हातहतियार नविकरण, पेन्शनपट्टा, विभिन्न मुद्दा मामिला, नयाँ संस्था दर्ता लगायतका कामको जिम्मा पाएकाले समेत अन्यत्रभन्दा जिल्ला प्रशासनमा सेवाग्राहीको भीड हुने जनाएको छ ।