आनन्द गुरुङ
मनाङ । सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रवारदेखि शुरु भएको १४औँ महाधिवेशनको प्रक्रिया अन्तर्गत मनाङ जिल्ला सबै वडामा सर्वसम्मत र र्निविरोध कार्यसमिति गठन भएका छन् ।
नेपाली कांग्रेसले १४ औँ महाअधिवेशन प्रक्रिया शुरु गरेसँगै हिमाल पारीको जिल्ला मनाङमा पनि शुक्रबार जिल्लाका ४ गाउँपालिकाका २८ वटै वडाहरुमा पदाधिकारीको चयन र कार्य समितिगठन प्रक्रिया शुरु भएको थियो । नेपाली काँग्रेस मनाङले शुक्रबार २८ बडाअध्यक्ष, ५६ वडाउपाध्यक्ष, ५६ सचिव, ५६ सहसचि र २४ जना कोषध्यक्ष सहमतीय प्रक्रियाबाट निर्विरोध प्रतिनिधिहरु चयन गरेका छन् ।
त्यसैगरी, सहमतीय प्रक्रियाबाटै क्षेत्रीय प्रतिनिधिहरुको पनि चयन गरेको छ । नेपाली कांग्रेस मनाङले यसअधिनै शंकर गुरुङलाई सर्वसम्मत रुपमा र्निविरोध सभापति चयन गरिसकेको छ ।
वडा स्तरीय निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सभापति पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले नव निर्वाचित समपूर्ण पदाधिकारीहरुलाई धन्यवाद र बधाई दिँदै कुशल र सफलकार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
सभापति टेकबहादुर गुरुङले ‘कोविड १९ को महामारी र बाढी पहिरोबाट प्रभावित हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका बमोजिम नै पार्टीले तोकेको समयमा वडा अधिवेशन सम्पन्न गर्न सफल भएको र यसबाट देशभर सकारात्मक सन्देश गएको दाबी गर्नुभयो ।
सभापति, वडा समितिको गठन र पदाधिकारी, क्षेत्रीय प्रतिनिधिहरुको चयनमा जस्तै अन्य समिति र पदाधिकारीको चयन पनि सर्वसम्मत हुने अपेक्षा राख्नुभयो । सभापति टेकबहादुर गुरुङले यतीखेर मनाङ जिल्ला बाढी पहिरोको प्रकोपबाट तंग्रिने अवस्थामा छ । क्षतीग्रस्त भौतिक संरचना, बाटो, बिजुली, टेलिफान सबै मर्मत सम्भारको प्रक्रियामा छ, त्यसैले समग्र जिल्लाको विकासमा सम्पूर्ण मनाङबासी जनता एक जुट भएर लाग्नु पर्ने बताउनुभयो ।
गत असारर त्यसपछिको मनसुन वर्षाका कारण मनाङ जिल्लाले भोग्नु परेको दुःख र पीडाको असर कायमै रहेको बेलामा पार्टीले निर्धारण गरेको महाधिवेशनको कार्यतालिका अनुसार नै वडा अधिवेशन सर्वसम्मत ढङ्गबाट सम्पन्न भएकोमा जिल्ला कार्यसमतिका अन्य पदाधिकारीले पनि खुशी ब्यक्त गरेका छन् ।