काठमाडौं । चालक र प्यासेन्जरलाई दुर्घटना भएको खण्डमा बचाउन कारमा दिइने एयरव्यागको भूमिका ठूलो रहन्छ । कारमा प्रयोग हुने एयरव्यागलाई अहिलेसम्मकै ठूलो खोज मानिन्छ ।
त्यसैले सन् २०१९ पछि भारतमा उत्पादन हुने कारमा एयरव्यागलाई अनिवार्य गरिएको छ ।
अमेरिकन कार निर्माता फोर्डको इन्ट्री लेवल कार फिगो, अस्पायर तथा फ्रिस्टाइलको माथिल्लो भेरियन्टमा ६ वटा एयरव्यागको प्रयोग गरिएको छ । त्यस्तै इकोस्पोर्टको टप भेरियन्टमा पनि ६ वटा एयरव्याग पाउन सकिन्छ ।
जापनीज कार निर्माता होन्डाको सेडान कार सिटीको मिड स्पेक भिएक्सभन्दा माथिल्लो भेरियन्टमा ६ वटा एयरव्याग रहेको छ । त्यसैले यी कारहरु निकै सुरक्षित मानिएका छन् ।
हुन्डाई भेन्यू र आई २० को माथिल्लो स्पेकमा ६ वटा एयरव्याग रहेको छ । त्यस्तै हुन्डाईको अन्य कारहरु भर्ना, एलान्ट्रा, क्रेटा, अल्काजार, टुसान तथा कोना इलेक्ट्रीकमा ६ वटा एयरव्याग दिइएको छ ।
अमेरिकी अफरोड एसयूभी निर्माता जीपले भारतमा बनाएको जीप कम्पासको मिड भेरियन्टबाट ६ वटा एयरव्याग प्रयोग भएको छ । तर, जीपको र्याङलरमा भने मात्र ४ वटा एयरव्याग रहेको छ ।
कोरियन अटोमोवाइल कम्पनी कियाले भारतमा बनाएको सेल्टोस र सोनेट दुबै एसयूभीको टप भेरियन्टमा ६ वटा एयरव्याग रहेको छ । किया सोनेट जीटीएक्स भेरियन्ट कियाको कारहरु मध्ये सबैभन्दा कम मूल्यको पव ६ एयरव्याग भएको कम्प्याक्ट एसयूभी हो ।
महिन्द्राको कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० ले ग्लोवल एनक्याप रेटिङमा ५ स्टार रेटिङ पाएको छ । सुरक्षाको दृष्टिकोणले सबैभन्दा अगाडि रहेको एक्सयूभी ३०० को टप भेरियन्टमा ७ वटासम्म एयरव्याग रहेको छ ।
आफ्नो ब्राण्डिङ नै सुरक्षीत कारको रुपमा गर्दै आएको टाटाको बजेट कार टियागो तथा नेक्सनमा पनि ६ वटासम्म एयरव्याग रहेको छ । त्यस्तै टाटाको नयाँ एसयूभीहरु एचफाइभ तथा सफारीमा पनि ६ वटा एयरव्याग रहेको छ ।
त्यस्तै स्कोडाको सुपर्भ र अक्टिभीयाको टप भेरियन्टमा ८ एयरव्याग रहेको छ । स्कोडाले हालै विक्री सुरु गरेको कुशकको माथिल्लो स्पेक स्टाइलमा ६ वटा एयरव्याग रहेको छ ।