बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका–५ काउलेमा दलित परिवारका लागि बनाइएकाे एकीकृत बस्ती अझै हस्तानतरण भएको छैन। २०७२ वैशाख १२ को भूकम्पका कारण क्षति भएको बस्तीको पुनःनिर्माण गरिए पनि अझै हस्तानतरण नभएको हाे ।
२०७५ वैशाखमा भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपूर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार दुई लाख रुपैयाँ रकमसमेत दिइएको थियो । आर्थिक वर्ष २०७७/७८ मै भूकम्पपी डितले पाउनुपर्ने घर अहिलेसम्म पाएन सकेका छैनन् ।
घर बनेको छ महिना पुग्दासमेत घरमा सर्न नपाएको पिडीत चिन्ते दमाइले बताउनु भयाे । २०७२ को भूकम्पले कमजोर बनाएको घर ०७५ सालको वर्षाका कारण बस्न नमिल्ने अवस्था पुगेका थिए । घर चर्किएर विस्थापित भए पछि चार वर्षसम्म धेरै दुःखले बसेका उनिहरू घर निर्माण भएपनि टहरामै बस्न बाध्य रहेका छन् । वैशाखमा नयाँ घर पाउने आशामा रहेका भुकम्प पिडीतले याे वर्षकाे वर्षाकाे समय पनि त्रीपालमै बिताएका छन् ।
शिवधुरी एकीकृत नमूना बस्ती निर्माण समितिका अध्यक्ष सुस्मिता दर्जीले समयमा किस्ता नपाएको कारणले अहिले केही काम ढिलाइ भएको र त्यही विषयले समस्या पैदा भएको बताउनु भयाे । बागलुङको एकीकृत बस्तीका लागि आएको रकम लमजुङ पठाएकै कारणले अहिलेसम्म बस्ती निमार्ण सम्पन्न नभएको उहाँकाे भनाइ छ ।
बस्तीमा आउने बाटो, सभाहल र वालका लागि ४० लाख रुपैयाँ बजेट आउने भनेर काम गरे तापनि अहिलेसम्म सात लाख रुपैयाँ मात्रै आएकाले त्यस बराबरको काम मात्र सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख रेणुकाकुमारी पाण्डेले भूकम्पले विस्थापित भएका काउलेका भूकम्पपीडितको घर निर्माण गरिसकेको जानकारी दिनु भयाे । भवन निर्माण सम्पन्न भए पनि एकीकृत बस्तीको तेस्रो किस्ता रोकिएका कारण भूकम्पपीडितलाई घर हस्तान्तरण गर्न नमिलेको उहाँकाे भनाइ छ ।
समितिलाई समयमा काम सम्पन्न गर्न पटक–पटक भनिए तापनि बस्तीमा शौचालय निर्माण नगरिएका कारण किस्ता रोकिएको र बस्ती हस्तान्तरणमा ढिलाइ भएको रअसार मसान्तभन्दा पहिला काम सकेको भए सबै रकम बुझाएर बस्ती पनि हस्तान्तरण भई सक्ने थियो । अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ आफैँ अन्यौलमा छ । मन्त्रालयबाट पत्र आएको खण्डमा यही भदौभित्र नै जिल्लाको पुनःनिर्माण कार्यलय बन्द हुनेछ । बस्तीभित्र बाटो निर्माण, सार्वजनिक शौचालय, सार्वजनिक बैठक हल बनाउने भनेर ४० लाख रुपैयाँ बजेट आएको थियो । समितिले समयमा काम नगरेका कारणले अघिल्लो वर्षको बजेट सबै फ्रिज भएको बताइएको छ ।