काठमाडौं । हुन्डाईको अल न्यू टुसान कार नेपाली बजारमा भित्रिएको छ ।
हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्वभर चर्चामा रहेको मोडल ‘अल न्यू टुसान’ नेपाली बजारमा सार्वजनिक गरेको हो । फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान यसको ‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर चर्चामा छ । यस कारको डिजाइनलाई धेरैले क्रान्तिकारी भनेका छन् ।
यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलगपहिचान दिएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा नयाँ जेनेरेशन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध रहेको छ । जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटिक (पेट्रोल), जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटिक (पेट्रोल) र जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटिक (डिजेल) भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको सुरुवाती भेरियन्ट जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल) को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सि र टाइटन ग्रे कलरमाउपलब्ध रहेको छ । नयाँ जेनेरेशन टुसानमा भ्यान्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइटजस्ता फिचर रहेको कम्पनीले जनाएको छ ।
बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन रहेको छ ।