काठमाडौं । नेपालमा विद्युतीय गाडीको माग र लोकप्रियता दुवै बढेको छ ।
विद्युतमा नेपाल आत्मनिर्भर बनेसँगै सरकारले नै विद्युतीय गाडीको विक्रीलाई प्राथमिकता दिएको छ । वातावरणमैत्री हुने भएकोले आमजनतामा पनि विद्युतीय गाडीप्रतिको आकर्षण बढेको छ । विद्युतीय गाडी भन्दैमा महँगो होला भन्ने आम सोचाइ रहेको छ । तर शुरुमा मात्र ४ लाखभन्दा पनि कम लगानी गरेर नयाँ कार चढ्न पाउने अवस्था छ । ग्राहकको सुविधाका लागि अटोहोस्ट प्रालिले डेरी ईएम ७ कार मात्र ३ लाख ९८ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर लिन सकिने व्यवस्था गरेको छ । कम्पनीका अनुसार ५० हजार रुपैयाँ तिरेर यो कार बुकिङ गर्न सकिन्छ । यो विद्युत र सोलार दुवैबाट चलाउन सकिने हाइब्रिड कार हो ।
चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी हेनान डेरीले उत्पादन गरेको डेरी ईएम७ को मूल्य हाल १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । तर विद्युतीय गाडीलाई ८० प्रतिशत सम्म बैंकहरुले फाइनान्स गर्न सक्ने सुविधा उपलब्ध छ । त्यसैले ग्राहकले शुरुमा ३ लाख ९८ हजार रुपैयाँ मात्र डाउन पेमेन्ट गरेर यो कार लिन सक्छन् ।
बाँकी किस्ता ७ वर्षभित्र तिर्नमिल्ने गरी फाइनान्स सुविधा उपलब्ध रहेको छ । अर्थात प्रतिमहिना २५ हजार ६१४ रुपैयाँ किस्ता बुझाउने गरी ग्राहकले यो कार चढ्नसक्छन् ।
५ जना यात्रु बस्न मिल्ने यो कारकोको ब्याट्री फुल चार्जका लागि साढे ५ घण्टा जति समय लाग्छ । यो गाडीको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा छ । १७० एमएम ग्राउन्ड क्लियरेन्स भएको डेरी ईएम७ मा १७० लिटरको बुट स्पेस छ ।
सिंगल चार्जमा डेरी ईएम७ ले २६० किलोमिटरको रेन्ज दिन्छ । यद्यपि सोलार समेत भएकाले यसको माइलेज अझै बढ्न सक्छ । गाडीमा पावर विन्डो, हिल असिस्ट, रियर भ्यु क्यामेरा, सेन्ट्रल लक, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अलोय ह्विल आदि फिचर उपलब्ध छन् ।