काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले घटेको छ । लगातार ओरालो लागेको नेप्सेको यात्रा आज पनि जारी रहेकाे हाे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६०.०२ अंकले ओरालो लागेर दुई हजार ८७६.५९ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९१ बिन्दुले ओरालो लागेर ५३६.५१ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घटेको छ । कूल २२५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर रु छ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ मूल्यमा खरिद बिक्री भएकाे नेप्सेले जनाएकाे छ।
कारोबार भएका १३ उपसमूहको शेयर नै आज ओरालो लागेको छ । बैंकिङ ३१.९६, व्यापार ८२.०४, होटल तथा पर्यटन ६४.३५, विकास बैंक १५७.९७, जलविद्युत् ५३.३५, वित्त ९७.०५, निर्जीवन बीमा ३२८.८२, उत्पादन १८८.४३, अन्य ६३.३४, लघुवित्त ६७.६३, जीवन बीमा ४२१.३६, सामूहिक लगानी कोष ०.०९ र लगानी २.५३ बिन्दुले घटेको छ ।
बुधबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब २५ अर्ब ७६ करोड ८८ लाख ७० हजार २८७ बराबर कायम भएको छ।