काठमाडौं । टीभीएस आरटीआर २०० फोर भीको बीएस ६ भर्सन नेपालमा सार्वजनिक भएको छ ।
जगदम्वा मोर्टसले आरटीआर २०० फोर भी आरटी एफआई नेपालमा सार्वजनिक गरेको हो ।
केही समय अगाडि कम्पनी स्मार्ट कनेक्ट फिचरका साथ एलइडी हेडल्याम्पमा अपडेट गरेर सार्वजनिक गरेको कम्पनीले यो साता बीएस ६ भर्सन सार्वजनिक गरेको हो ।
जगदम्बा मोर्टसका अध्यक्ष शाहिल अग्रवालले ‘नेपाली ग्राहकहरुबीच लोकप्रिय टीभीएसका अपाचे मोटरसाइकलको आरटी एफआईसहित आएको यो नयाँ भर्सनले अझै उत्साह ल्याउनेमा आशावादी रहेको बताउनुभयो ।
उहाँले अपाचे आरटीआर २०० फोर भी यो सेग्मेन्टमा नै फर्स्ट इन क्लास फिचरका साथ हामीले नेपाली ग्राहकका सामू ल्याइएको जानकारी दिनुभयो ।
यो मोटरसाइकलमा फर्स्ट इन क्लास एडजष्टएबल सस्पेन्सन, फर्स्ट इन क्लास राइडिङ मोड, फर्स्ट इन क्लास एड्जष्ट एबल क्लचब्रेक लिभर, फर्स्ट इन क्लास स्मार्ट कनेक्ट फिचर रहेको उहाँले बताउनुभयो ।
यस्तै यो मोटरसाइकलमा १९७.८ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, आरटीएफआई बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा २०।२ बीएच पावरका साथै ७००० आरपीएममा १६।८ एनएम टर्क उत्पादन गर्छ । यसमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ, भने ५ स्पीड गियरबक्ससँगै एआरटी स्लिपर क्लच छ ।
यसमा फ्युल गेज, पिलिन ग्राबेल, इन्जिन किल स्वीच, घडी, डिजिटल ट्रिप मिटर, ट्रिप मिटर, स्मार्ट कनेक्ट र पास लाइट जस्ता अत्याधुनिक फिचर दिइएको छ ।
बीएस ६ भर्सन आरटीार २०० फोर भीको मूल्य नेपालमा ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ ।