काभ्रेपालाञ्चाेक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दश दिनका लागि निषाेधाज्ञा थप्ने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण यहाँका अस्पतालमा बिरामी भर्ना दर बढेकाले निषाेघाज्ञाकाे समय थप गरिएको हो ।
यसअघि दश दिन थप गरिएको निषेघाज्ञाकाे अवधि आज राती १२ बजेसम्म रहेकामा जोखिम मुल्याङ्कन बमोजिम जिल्ला पहेलो जोनमा परेका कारण आजदेखि आगामी असोज ५ गते राति १२ बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।
निषेधाज्ञाकाे समयमा आदेश अनुसार तोकिएको समयसम्म सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, रेष्टुरेन्ट, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, शैलुन, ब्युटिपार्लर र जिमखाना सञ्चालन गर्न नपाइने भएको छ । यस्तै हाट, मेला, जात्रा, महोत्सव पाटी र भोज जस्ता भीडभाड हुने कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले शैक्षिक सघंसंस्था सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा स्थानीय पालिकाको निर्णय अनुसार विद्यालय व्यवस्थापन समिति र अभिभावक सघं समेतको समन्वय र सहकार्यमा निर्धारित स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ ।