पुष्पराज अधिकारी
हेटाैँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर पुरानै संरचना अर्थात २०७५ जेठ २ गतेकाे अवस्थामा फर्किएको छ। शनिवार हेटौंडामा तत्कालीन एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी बैठक बस्दै पुरानै संरचनामा फर्किएको हो ।
२०७५ जेठ २ अघिको एमाले मकवानपुरको अध्यक्ष मुनु सिग्देलले पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादीमा सनाखत गरेपछि पुरोनो संरचना अनुसार जिल्ला उपाध्यक्ष लम्सालको अध्यक्षतामा आज बैठक बसेको हो ।
बैठकले ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी समेत गठन गरेको छ । समितिको अध्यक्षमा बद्री लम्साल, उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकालाल श्रेष्ठ र सहसचिवमा लालबहादुर थापा रहेका छन् ।
बैठक एमाले पोलिट्व्युरो सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा बसेको थियो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एबम बागमती प्रदेश सहइन्चार्ज तथा जिल्ला इन्चार्ज रामेश्वर राना, निबर्तमान मुख्यमन्त्री डोरमणी पौडेल, सांसदहरु कृष्ण दाहाल, रामचन्द्र राई, एमाले बागमती सङ्गठन प्रमुख अनन्त पौडेल,संविधान सभा सदस्य सुबास चन्द्र ठकुरी, जिसस प्रमुख रघुनाथ खुलाल, एकराज उप्रेती, सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।