काठमाडौं । नेपालमा अत्याधुनिक तथा वातावरणमैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि निसान लिफ भित्रिएको छ ।
जापानी प्रसिद्ध कार निर्माता कम्पनी निसानको विद्युतीय कार ’निसान लिफ’ सोमवारदेखि काठमाडौँमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ । नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसान लिफको टेस्ट ड्राइभ सुरुवात गर्न लागेको हो ।
टेस्ट ड्राइभमै आकर्षक उपहार
आगामी असोज ४ गते सम्म चल्ने ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ मा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गर्न सक्ने छन् । टेस्ट ड्राइभमा सहभागी हुनेले विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, पुराना गाडीको भ्यालुएसन सुविधा र आवश्यक फाइनान्स सुविधा समेत पाउने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ ।
निसानको काठमाडौँको थापाथली तथा उत्तर ढोका शोरूममा बिहान १० बजे देखि उक्त सप्ताह सुरु हुनेछ ।
सबैभन्दा सुरक्षित, मृत्यु हुनेको संख्या शून्य
नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध निसान लिफ सबैभन्दा सुरक्षित मानिएको छ ।
कम्पनीका अनुसार यस गाडीको ४ ड्राइभिङ मोड तथा एबीएस, ईबीडी तथा बीए जस्ता विश्वस्तरिय सुरक्षा मापदण्डहरुले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको छ । यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ ।
निसान लिफको मूल्य नेपाली बजारमा ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।