सिनेमा हलहरुमा कंगना रनावत अभिनित जयललिताको बायोपिक फिल्म ‘थलैवी’ रिलिज भएको छ । ‘थलैवी’ एक तमिल शब्द हो, जसको अर्थ लीडर भन्ने हुन्छ । यस शब्दको प्रयोग विशेष गरि राजनीतिक पृष्ठभूमिमा हुने गरेको छ ।
थलैवी अजयन बालाको किताबमा आधारित फिल्म हो । यो कथा जया नामकी एक तमिल केटीको हो, जसले बाध्यताले फिल्ममा अभिनय गर्नुपर्यो ।
त्यहाँ उनको भेट एमआरजी नामका एक पपुलर एक्टर र नेतासँग हुन्छ । आफूभन्दा धेरै बढी उमेरका र विवाहित भए पनि जया उसको प्रेममा पर्छिन् । सोही मानिसको सहयोगले उनी राजनीतिमा समेत प्रवेश गर्छिन् । यो कुरा उनका आसपासका पुरुषहरुलाई मन पर्दैन । केटीलाई चुप लगाउने सबै भन्दा राम्रो तरिका के हो ? उनको चरित्रमाथि औँला उठाउने र उनलाई चुप लगाउने । तर राज्यको विधानसभामा जयाको चरित्रमाथि औँला मात्र उठाइएन बरु भारीसभामा उनीमाथि दुव्र्यवहार गरेर बेइज्जत गरियो ।
महाभारतकी द्रौपदीको भारीसभामा पुरुषहरुबाट सारी तान्नेसम्मको निस्कृष्ट दुव्र्यवहारको शिकार भएकी उनले त्यसैदिन कसम खाइन् कि अर्को पटक विधानसभामा तबमात्र कदम राख्छु जब राज्यको मुख्यमन्त्री बन्छु । यो फिल्मले जयाललिता राज्यको मुख्यमन्त्री बनेकोसम्मको कथा देखाउँछ ।
यदि कुनै फिल्म मेरो बारेमा छ भने त्यसको हिरो अरु कोही कसरी हुन सक्छ ? थलैवीका लागि भने यो अलि बढी विरोधाभाषपूर्ण लाग्छ । यो जयललिताको जीवनमा आधारित फिल्म हो तर यसको कहानी अधिकतम एमआरजीसँग जोडिएको छ ।
फिल्मको एउटा ठूलो भाग जयललिता र एमआरजीको प्रेम कहानीमा आधारित छ । जयललिता र एमआरजीको प्रेम कहानी अत्याधिक प्रख्यात र विवादित छ । तर फिल्ममा बिना द्वन्द उनीहरुको प्रेम कहानी देखाइएको छ ।
फिल्ममा एमआरजीको भूमिका अरविन्द स्वामीले निभाएका छन् । अरविन्दले यस रोललाई बडो सहजताका साथ निभाएका छन् ।
जयललिता ‘लार्जर देन लाइफ’ पात्र थिईन् । फिल्ममा करुणानिधी र एमआरजीको मित्रतादेखि राजनीतिसम्म देखाइएको छ । तर जयललिताको भूमिका यी दुई पात्रबीच फस्छ । जयललिता एक यस्ती महिला थिईन् जो तमिल फिल्म क्षेत्रदेखि लिएर राजनीतिसम्म फैलिएको मिसोजिनीसँग लडेर उचाइमा पुगिन् । यो कुराको प्रशंसा त्यसबेला जति हुन्थ्यो आज पनि उतिनै हुने गरेको छ । तर निर्देशक ए.एल.विजय जयललितामाथि भएको घटनासम्म पुग्ने चक्करमा उनको संघर्षलाई वेवास्ता गरेर अघि बढ्छन् । यदि त्यो घटना यस्तो दृश्यमा तोडिन्थ्यो भने जयको संघर्ष र व्यक्तित्व पनि झल्किन्थ्यो । त्यतिबेलाको कुरा नै बेग्लै हुनसक्थ्यो । तर थलैवीमा त्यस्तो केही हुन सकेको छैन ।
यो फिल्म एक महिलाले पुरुष शासित समाजसँग लडेर उभिएको कथा देखाउने दाबी गरेको छ । तर यसमा ती महिलाको संघर्षको साटो कहानी मात्र देखाइएको छ । फिल्ममा एउटा दृश्य छ जहाँ एमआरजीलाई फिल्मबाट निकालेपछि जयाले प्रेस बोलाएर एमआरजीको समकालीन अभिनेता शिवाजी गणेसनको तारिफ गर्छिन् । ताकि शिवाजीले उनको फिल्ममा आफूलाई मौका दिउन् र एमआरजी उनको नजिक फर्किउन् । यो दृश्यमा जयाका म्यानेजर उनलाई सोध्छन् कि एमआरजी र शिवाजीमा राम्रो एक्टर को हो ? यसको जवाफमा जया भन्छिन्, ‘म’ । यो एउटा यस्तो दृश्य हो जुन एक मिनेटको भए पनि यसैमा दर्शकले जयललिताको वास्तविक व्यक्तित्व हेर्न पाइन्छ । त्यसो त जयललिताको व्यक्तित्व बुझ्न एउटा दृश्य पर्याप्त होइन ।
थलैवी ठूलो लगानीको फिल्म हो । फिल्म हेर्दा दर्शकले महसुस पनि गर्न पाउछन् । हरेक दृश्यलाई भव्य बनाउने कोशिस गरिएको छ । तर जयललिताको भूमिकालाई यति सतही तरिकाले देखाइएको छ कि सबै बनावटी लाग्छ ।
थलैवी एक राजनीतिक व्यक्तित्वमाथि बनाइएको फिल्म हो । मूख्य अभिनेत्री कंगना रनावत पनि बेला बेलामा आफ्नो राजनीतिक अभिव्यक्तिका कारण चर्चा र विवादमा पर्छिन् । उनको राजनीतिक झुकावका बारेमा पनि बलिउड विभाजित हुने गरेको छ । तर कुनै फिल्ममा, उनको अभिनय प्रस्तुतिमा उनको राजनीतिक झुकाव देखिदैन । यो उनको व्यवसायिक सफलता हो । यो फिल्ममा जयललिताको भूमिकामा कंगना रनावतले तारिफयोग्य अभिनय गरेकी छिन् । तर उनको चरित्रलाई निर्देशक आफैंले उति न्याय गर्न सकेको देखिदैन । किनभने फिल्ममा जयललिताको भूमिका कहिल्यै आफ्नो बलबूताले उभिएको देखाइएको छैन । उसको जीवनमा सबै कुरा दोस्रो मानिसको कारण भएको देखाइएको छ । यस्तो लाग्छ कि जयललिताको बायोपिकमा बनेको फिल्ममा कंगना सेकेण्ड रोलमा छिन् ।
एमजीआरको फिल्मी भर्जन एमजेआर भूमिकामा अरबिन्द स्वामी सबैभन्दा उपयुक्त र जीवन्त लाग्छ ।
एमजीआरको बोल्ने तरिका भिन्न थियो । अरबिन्दले उनको शैलीलाई नक्कल होइन अपनाउने कोशिस गरेका छन् । यसले अरबिन्दलाई क्यारिकेचर कलाकार हुनबाट बचाएको छ । नासरले करुणानिधीको भूमिका निभाएका छन् । फिल्मको हिन्दी भर्जनमा आर एम वीरप्पन उर्फ आर एन भी को भूमिकामा राज अर्जुन छन् । उनको भूमिकाले दर्शकलाई डर्टी पिक्चरमा इमरान हाशमीले निभाएको इब्राहिम बालाको भूमिकाको याद दिलाउछ ।
थलैवी हेरिरहँदा मणिरत्नमको इरुवर पनि याद आउँछ । किनकी यो फिल्म एमजीआर र करुणानिधीको फिल्मी यात्रा, मित्रतादेखि लिएर राजनीतिक अवतरणसम्मको कथा देखाउँछ । तर यो फिल्ममा उनीहरुको कहानीसँग तमिल नाडुको सामाजिक र राजनीतिक कहानी पनि चलिरहन्छ । यो फिल्ममा मात्र ती राजनीतिक क्षणलाई प्रस्तुत गरिएको छ जुन फिल्मको मूख्य भूमिकासँग प्रत्यक्ष सरोकार राख्दछ ।
थलैवीको एउटा दृश्यमा करुणानिधी एमजीआरको लागि एउटा कविता सुनाउन स्टेजमा चढ्ने काम बाहेक उनको कुनै फिल्मी कनेक्शन देखाइएको छैन । करुणानिधीले आफ्नो करियर फिल्ममा लेखनबाट शुरु गरेका थिए । एमजीआरको लागि भाषण पनि उनैले लेख्ने गर्थे । तर यो कुरालाई फिल्म थलैवीले पूरै वेवास्ता गरेको छ ।
समग्रमा भन्नुपर्दा थलैवीसँग यस्तो बायोपिक फिल्म बनाउने अवसर थियो जसलाई भारतीय फिल्मकै कोशेढुङ्गा मान्न सकिन्थ्यो । तर थलैवीले यो अवसर गुमाएको छ । तर कंगनाको अभिनय प्रस्तुति हेर्न चाहने दर्शकले भने निराश हुन पर्दैन । किनभने निर्देशकको फितलो प्रस्तुतिलाई समेत कतिपय ठाउँमा कंगनाको जीवन्त अभिनयले छोपिदिन्छ ।
यो फिल्म हेर्न जानुअघि तपाईले जयललिताको वायोग्राफी हो भन्ने विर्सनुभयो भने निराश हुनुपर्दैन । किनभने औसतमा बलिउड फिल्ममा हुनुपर्ने सबै कुरा यस फिल्ममा पनि हेर्न पाइन्छ ।
–एजेन्सीको सहयोगमा