भगीरथ भण्डारी
इलाम । इलाम नगरपालिकामा ५० लाख रुपैयाँको लागतमा कभर्डं हल निर्माण भएको छ । कभर्ड हल निर्माणको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत संघीय सासंद सुवासचन्द्र नेम्वाङले छुट्याएको २५ लाख रुपैयाँ, इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र उपभोक्ता समितिको दश लाख रुपैयाँको लागतमा कभर्ड हल निर्माण भएको हो ।
३०७. ६५ वर्गामीटरमा निर्माण भएको कभर्ड हलमा दुईवटा व्याडमिन्टन कोर्ड, चेञ्ज रुप, स्टेज, क्यान्टिन, सौचालय र स्नान घर रहेको छ । कभर्ड हलमा व्यडमिन्टन, टेवल टेनिस, कराते, तेक्वान्दो, बक्सिङ्ग लगायतका खेलहरु खेल्न सकिनेछ । यसअघि इलाम बजारमा भएको एउटा कभर्ड हल प्रहरीको स्वामित्वमा रहेको थियो ।
नगर क्षेत्रमा अर्को कभर्ड हल निर्माण भएपछि खेलाडी उत्पादनमा सहयोग पुग्ने इलाम नगरपालिका प्रमुृख महेश बस्नेत बताउँछन् । उनी भन्छन ‘कभर्ड हल निर्माण भएपछि इन्डोर खेलिने खेलहरुा राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी उत्पादन हुने अपेक्षा छ’।
‘इलाम नगरपालिका आफ्नो प्रतिवद्धता अनुसारनै खेल क्षेत्रमा लगानी गरिरहेको छ ।’ इलाम नगरपालिकाले सिहंबाहिनी खोल्सोलाई व्यवस्थित गरेर कभर्ड हल बनाएको । खोल्सिलाई व्यवस्थापन गरेर तरकारी बजार, श्रष्ठा पार्क, पशु बजार, आँखा अस्पताल, मोटर साइकल पार्कीङ्ग सहितको रेष्टुरेन्छ, जनकदेव चोक लगायतका संरचनाको निर्माण भइरहेको छ ।