भगीरथ भण्डारी
इलाम । इलामका तीन नगरपालिकामा नेपाली कांग्रेसको सभापति पदमा ११ जनाको प्रतिस्पर्दा हुने भएको छ । जिल्लाको इलाम नगरपालिका, देउमाई नगरपालिका र सूर्योदयन गरपालिकामा सभापति पदका लागि ११ जनाको प्रतिस्पर्दा हुने भएको हो ।
नेपाली कांग्रेसको इलाम नगरसभापतिमा पाँच जनाको प्रतिस्पर्दा हुने भएको छ । नगर सभापतिका लागि अमृललाल श्रेष्ठ, तीर्थराज गुरुङ्ग, लीला थापा, निर्मल राउत र पत्रकार सोम सुसेलीले नगरसभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।जसमध्ये चारजनाले टिमबाट उमेद्वार घोषणा गरेका छन भने पत्रकार महासंघका पूर्व प्रदेश उपाध्यक्ष रहेको सोमनाथ सुसेलीलले कुनै टिमविनै आफ्नो उमेद्वार घोषणा गरेका छन ।
जिल्ला सभापति दोहोर्याउन चाहेका हिमाल कर्मचार्यको लाइनबाट तीर्थराज गुरुङ्ग, कांग्रेसका निवर्तमान जिल्ला सभापति समेत रहेका केशव थापाको टिमबाट लीला थापा र महासमिति सदस्य भेषराज आचार्य टिमबाट निर्मल राउतले उम्मेद्वारी घोषणा गरेका हुन् ।
यस्तै, सचिवमा पनि हालसम्म चार जनाले उम्मेद्वारी घोषणा गरेका छन् । सचिवमा भरत चौहान, बिरेन्द्र कार्की, निराजन भट्टराई र कृष्ण बस्नेतले सचिवमा उम्मेद्वारी सार्वजनिक गरेका छन् । जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा निकट मानिन्छन भने, हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।
सूर्योदय नगरसभापतिमा तीन जनाको प्रतिस्पर्दा हुने भएको छ । नगर सभापतिमा जीवन कुमार नेपाल , सोनामछिरिङ काजी र मणि कुमार गुरुङले उम्मेद्वारी घोषणा गरेसँगै उनीहरुको प्रतिस्पर्दा हुने भएको हो । सूर्योदय नगर सभापतिका आकाक्षी मध्ये सोनाम छिरिङ काजी जिल्ला सभापतिका उम्मेद्वार डम्बर खड्का निकट मानिन्छन् । त्यस्तै जिल्ला सभापति दोहो¥याउन चाहेका बर्तमान पार्टी सभापति हिमालय कर्मचार्यको लाइनबाट जीवन कुमार नेपाल , कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका पूर्व मन्त्री केशव थापाको टिमबाट उमेर्द्वार देखिएका छैनन् । महासमिति सदस्य भेषराज आचार्य टिमबाट मणि कुमार गुरुङले उम्मेद्वारी घोषणा गरेका छन् ।
उता देउमाई नगर सभापतिमापनि तीन जनाको प्रतिस्पर्दा हुनेभएको छ । नगर सभापतिमा कृषण बराल, भुवानी राम राई र दिलिप कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् ।
नगर सभापतिका उम्मेद्धार मध्ये भुवानी राम राई पूर्व पार्टी सभापति केशव थापा निकट मानिन्छन् । त्यस्तै दिलिप कार्की महासमिति सदस्य भेषराज आचार्य निकटका हुन भने कृष्णराज बराल सभापतिका उम्मेद्धार डम्बर खड्का निकटका मानिएका छन् । राई देउमाई नगरपालिका २ र कार्की ५ नम्बर वडाका वडाध्यक्ष हुन । त्यस्तै बराल कांग्रेसका स्थानीय पुराना नेता हुँन् । बरालले यस अघि बिभिन्न संघसस्थमामा सफल नेतृत्व गर्दै आएका छन् । वर्तमान पार्टी सभापति हिमालय कर्मचार्य टिमले देउमाईमा उम्मेद्धारी नदिने बुझिएको छ ।
जिल्ला सभापतिका चार जनाको टिम अनुसारनै नगरमा पनि टिम बनेको छ । इलाम नगर सभापतिका आकाक्षी मध्ये अमृतलाल श्रेष्ठ जिल्ला सभापतिका उम्मेद्वार डम्बर खड्का निकट मानिन्छन् । जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन भने, हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।