भगीरथ भण्डारी
इलाम । नेपाली कांग्रेसको सभापति पदमा इलामका ६ गाउँपालिकामा १५ जनाको प्रतिस्पर्धा हुने भएको छ । जिल्लाको फाकफोकथुममा ४ जना, सन्दकपुरमा ३ जना, चुलाचुलीमा १ जना, माईजोगमाईमा ३ जना माङसेबुङमा २ जना र रोङमा ३ जनाको प्रतिस्पर्दा हुनेभएको हो ।
फाककफोकथुम गाउँपालिकाका अध्यक्ष रहेका रामकुमार श्रेष्ठ, वडा नं. १ का वडाध्यक्ष टेकवीर नेम्माङको उमेद्वारी छ भने डिकबहादुर थापा र तेज प्रसाद पौडेलपनि चुनावी मैदानमा उत्रिएका छन् । श्रेष्ठ जिल्ला सभापतिका उमेद्वार हिमाल कर्मचार्य निकट मानिन्छन भने नेम्माङका भेसराज आचार्य निकट मानिन्छन । थापा डम्बर खड्का निकट मानिन्छन् भने पौडेल स्वतन्त्र उमेद्वार भन्दै चुनावी मेदानमा छन् ।
त्यस्तै, सन्दकपुर गाउँपालिकामा तिनजना चुनावी मैदानमा छन् । जसमा धनबहादुर खाम्दाक, तुला गुरुङ र नेत्र रिजाल रहेका छन् ।
खाम्दाक जिल्ला सभापतिका उमेद्वार रहेका केशव थापा निकट मानिन्छन भने गुरुङ डम्बर खड्का निकट रहेका छन्। त्यस्तै रिजाल भेसराज आचार्य निकट मानिन्छन् ।
माङसेबुङ गाउँपालिकामा दुईजना चुनावी मैदानमा छन् । डम्बर खड्का निकट अमृत राई र भेसराज आचार्य निकट चन्द्र साँवा रहेका छन् । चुलाचुलिमा भने भेसराज आचार्य निकट रहेका राजेन्द्र केरुङ रहेक छन् । उनी पालिकाको निर्विरोध उमेद्वार रहेका छन् ।
उता माईजोगमाई गाउँपालिकामा तीन जनाको उमेद्वार रहेको छ । जुमा नरेन्द्र देवान, वेद चापागाँई र भोला भण्डारी रहेका छन् । देवान डम्बर खड्का निकट मानिन्छन भने चापागाँई हिमाल कर्मचार्य निकट मानिन्छन् ।
रोङ गाउँपालिकामा पनि दुई जना सभापतिको दावेदार रहेका छन् । जस मनिकुमार स्याङबो सुवास रहेका छन् । उनीहरु दुवैजना जिल्ला सभापतिका उमेद्वार हिमालय कर्मचार्य निकट मानिन्छन्। सभापति पदका उमेद्वार हरि बुडाथोकीलाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको समर्थन छ भने मनिकुमार स्याङबो सुवास एकल रहेका छन्।
जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् भने हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।