–पामेला रेडमण्ड सैट्रान
एउटा नारीसँग हुन जरुरी छ,
पर्याप्त धन – घर बाहिर निक्लनको लागि
र भाडामा एउटा घर लिनको लागि
संभवत उनलाई त्यो ठाउँको जरूरत कहिले नपरोस् वा त्यस्तो दिन नाअओस्
एउटा नारीलाई आवश्यक छ
पहिरनको लागि केही सुन्दर आभूषण र वस्त्र
के थाहा एक घण्टाको अन्तरालमा उनलाई
हाकिम वा सपनाको राजकुमारलाई भेट्नपर्ने हुनसक्छ ।
एउटा नारीलाई अपरिहार्य रूपमा जरुरी हुन्छ
त्यो युवास्था जसलाई खुशी भएर सन्तुष्टसँग
अतीतलाई हस्तान्तरण गर्न सकुन् ।
एउटा नारीसँग हुन जरुरी छ
गुलियो अतीत
जसलाई उसले बुढ्यौलीमा सुनाउन सकुन् ।
एउटा नारीसँग हुन जरुरी छ
पेचकसको एउटा सेट,तारविनाको ड्रील मेसिन
र, कालो फित्ता भएको ब्रा !
एउटा नारीलाइ आवश्यक छ
यस्तो साथी जसले सधै हँसाओस्
एउटा यस्तो साथी जसको सामु निर्धक्क रून सकोस् ।
एउटा नारीलाई आवश्यक छ
यस्तो फर्निचर
जसलाई उनका कुनै परिवारले पहिले किनेका छैनन् ।
एउटा नारीलाई आवश्यक छ
आठवटा उस्तै प्लेट,
रक्सीको अग्लो गिलास
र, कुनै व्यञ्जनको रेसिपी
जसले आतिथ्य सत्कार गर्न सकुन् ।
एउटा नारीलाई आवश्यक छ
आफ्नो भाग्यमा आफ्नै नियन्त्रण हुनुको अनुभव ।
एउटा नारीलाई जान्नु जरुरी छ
कसरी प्रेममा परिन्छ आफैलाई समर्पित नगरिकन्
एउटा नारीले जान्नु जरुरी छ
नोकरी कसरी छोड्ने ?
कसरी प्रेमीसँग सम्बन्ध विच्छेद गर्ने ?
अनि आफ्नै साथीको मन नदुखाई विरोध गर्न ।
प्रत्येक नारीले जान्नु जरुरी छ
कतिबेला अधिक प्रयत्न गर्ने
कतिबेला सधैको लागि टाढा हुने ।
एउटा नारीले जान्नु जरुरी छ
बदल्न सक्दिनन् आफ्नो जाँघको लम्बाई
नितम्बको आकार
वा आमाबुबाको स्वभाव ।
प्रत्येक नारीले जान्नु जरुरी छ
उसको बालापन शायद परिपूर्ण थिएन
तर अब त्यो अतीत भइसकेको छ ।
हरेक नारीलाई जान्नु जरुरी छ
उनले मायाको लागि के गर्न सक्छिन् र के सक्दिनन् ।
प्रत्येक नारीले जान्नु जरुरी छ
कसरी एक्लोपनलाई सम्हाल्ने ?
चाहे उसलाई एक्लोपन मन परोस वा नपरोस्
प्रत्येक नारीलाई यो जान्नु जरुरी छ
कसलाई भरोसा गर्ने र कसलाई नगर्ने ?
र, किन त्यो कुरालाई व्यक्तिगत रूपमा लिन हुन्न ।
प्रत्येक नारीलाई जान्नु जरुरी छ
जब उनको आत्माले आराम चाहन्छ, कहाँ जानुपर्छ भनेर
आफ्नो साथीको सुन्दर भान्साघर वा जङ्गलको कुनै एकान्तमा ।
प्रत्येक नारीलाई यो जान्न जरुरी छ
उनी के गर्न सक्छिन, के गर्न सक्दिनन्
एक दिनमा
एक महिनामा
एक वर्षमा.... ।
भावानुवादः जनक कार्की