भगीरथ भण्डारी
इलाम। इलामको फाकफोकथुम गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार श्रेष्ठ नेपाली कांग्रेसको गाउँपालिका सभापतिमा पराजित भएका छन् । ६४ मतसहित पालिका सभापतिमा डिकबहादुर थापा निर्वाचित हुँदा ५७ मतसहित टेकविर लिम्बु दोस्रो भए भने गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले भने हार बेहोरेका छन् ।
गाउँपालिकाको नि वर्तमान अध्यक्ष रहेका श्रेष्ठ अन्तीम स्थानमात्र प्राप्त गरेका हुन् ।
त्यस्तै, रोङ गाउँपालिकामा नेपालीको भापतिमा हरि बुढाथोकी निर्वाचित भएका छन् । सुवास स्याङबोलाई हराउँदै बुडाथोकी सभापतिमा निर्वाचित भएका हुन् । बुढाथोकीले ६२ मत प्राप्त गर्दा स्याङबोले ४२ मत पाएका थिए । रोङमा सभापति पदका लागि मात्रै निर्वाचन भएको हो ।
अन्य पदाधिकारी र सदस्य भने सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा खेमराज कार्की, गीता प्रसाद अधिकारी, सचिवमा केशर प्रधान, वेनुपराज खालिङ्ग चयन भएका छन् । त्यस्तैै सहसचिवमा भविन विश्वकर्मा र सुरेश कुमार राई चयन भएका छन् ।
इलामको सन्दकपुर गाउँपालिका सभापतिमा तुलराम गुरुङ्ग निर्वाचित भएका छन् । गुरुङ्गले ३८ मत पाएका थिए भने धनबहादुर खाम्दाकले ३३ मत प्राप्त गरेका थिए भने बालकृष्ण गुरुङ्गले २१ मत प्राप्त गरेका छन् । अन्य पदमा भने निर्विरोध चयन भएका छन् । उपसभापतिमा लिलाबहादुर राई र हरिकृष्ण खतिवडा, सचिवमा प्रदिप भट्टराई र ज्ञान बहादुर राई, सह सचिवमा देउ कुमार थेवे र रमेश कुमार राई रहेका छन् ।
इलामको माङसेबुङ गाउँपालिकामा सभापति र उपसभापति पदमा मात्र मतदान भएको छ भने सचिव, सह सचिव र १८ जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सुमन खनाल र धनसिङ लिम्बु, सह सचिवमा कृष्ण बहादुर बुडाथोकी र नरेन्द्र कुमार तामाङ निर्वाचित भएका हुन् ।
देउमाईमा नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा दिलिप कार्की निर्वाचित भएका छन् । उनले १११ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राप्त गरे । यस्तै उपसभापतिमा ताराकुमार राइ र दिलकुमारी राई विजयी भएका छन् । ताराकुमारले १२७ मत र दिलकुमारी राईले ११४ मत प्राप्त गर्दै विजय भएका हुन् । सचिवमा कल्पना थापा खत्री र पदमबहादुर कटुवाल विजयी भएका छन् । खत्रीले १११ र कटुवालले १०६ मत ल्याएका छन् ।
सूर्योदय नगरसभापतिमा जीवन नेपाल निर्वाचित भएका छन् । कुल २ सय ७० मत खसेकोमा नेपाल १०६ मत ल्याउँदै बिजयी बनेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी मणी गुरुङले ७९ मत प्राप्त गरे । त्यसैगरी अर्का सभापतिका उम्मेदवार सोनाम छिरिङ काजीले ६७ मत प्राप्त गरे । उपसभापतिमा निर्मला अग्रवाल र रमेश प्रधान विजयी बनेका छन् । अग्रवालले १०३ र प्रधानले ९८ मत प्राप्त गरे । ललित प्रधानले ९७, राधिका क्षेत्रीले ९५ र देवान शाहले ५४ मत पाएका छन् । सचिवमा अनुप राई र सुशिल ढुङ्गेल विजयी बने । राईले १०३ र ढुङ्गेलले १ सय मत पाए । रमेश सापकोटा ६६, जीवनकान्त न्यौपाने ४८, ठविराज ढुङगाना ४६ र जयप्रसाद बरालले ३६ मत पाएका छन् । सहसचिवमा नवीन आचार्य र सहदेव प्रधान बिजयी बने । आचार्यले सर्वाधिक लोकप्रिय १२१ र प्रधानले ८१ मत प्राप्त गरे । अन्य उम्मदेवार मणी घिमिरे ७२, दुर्गाकुमारी कटुवाल ६७ र दुर्गाभवानी पोखरेलले ६१ मत प्राप्त गरे ।
माईजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । बेदप्रसाद चापागाईलाई हराउँदै माईजोगमाई काँग्रेसको नेतृत्वा पाएका हुन् । देवानले ७९ मत प्राप्त गर्दा चापागाईले ४० मत मात्र प्राप्त गरे । उपसभापतिमा उमाकान्त भट्टराई र चन्द्रकुमार देवान निर्वाचित भएका छन् । भट्टराईले ९२ मत प्राप्त गर्दा देवानले ७३ मत प्राप्त गरे । अर्का उम्मेदवार राधाकृष्ण पोखरेलले ६० मत मात्र प्राप्त गरे । सचिवमा प्रदिप खड्का र देविप्रसाद अधिकारी निर्वाचित भएका छन् । खड्काले ८० मत प्राप्त गर्दा अधिकारीले ७८ मत पाए । रोहित थेवेले ५७ मत मात्र प्राप्त गरे ।
नेपाली कांग्रेसको माई नगर सभापतिमा हेम बहादुर लिम्बु विजयी भएका छन। लिम्बले निकटतम प्रतिद्वन्द्वी ठगिन्द्र गिरी (पुष्प) लाई २५ मतले उछिन्दै विजयी भएका हुन। लिम्बूले ८८ मत प्राप्त गरेका छन भने गिरीले । ६३ मत प्राप्त गरेका छन । उपसभापतिमा डम्बर तामाङ र तुलसी तामाङ बिजयी भएका छन् ।
दुई जना उपसभापतिका लागि तीन जनाको उम्मेदवारी परेकोमा विजयी डम्बरले १ सय २५ मत र तुलसीले ८२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी तारा चम्लागाईले ६९ मत पाएकी छिन् । त्यस्तै दुई जना सचिवका लागि चार जनाको उम्मेदवारी परेकोमा दिवाकर सिंह र गंगाराम काफ्लेले (अर्जुन) विजयी भएका छन् ।
सिंहले ८७ मत र काफ्लेले ७२ मत ल्याई विजयी बनेका हुन । उनीहरुका निकटतम प्रतिद्वन्द्वी धन बहादुर कार्कीले ६८ र मनिन्द्र राईले ६४ मत ल्याए । माईमा कांग्रेस नगर सहसचिव पदमा ३ जनाको प्रतिस्पर्धामा तुलसा चम्लागाई र पबित्रा बुर्जा मगर बिजयी भएका छन्। तुलसाले ९६ मत र बुर्जाले ८४ मत प्राप्त गरेका छन्। सह सचिवका उमेरद्वार दुर्गा शर्मा पोख्रेलले ८१ मत प्राप्त गरिन् । माङसेबुङ गाउँपालिकामा सभापतिमा चन्द्र कुमार साम्बा, उपसभापतिमा रनमान थेवे र यलम्बर साम्बा, सचिवमा सुमन खनाल र धड्कन सम्बाहाम्फे, सहसचिवमा नरेन्द्र तामाङ र कृष्ण बुढाथोकी विजयी भएका हुन ।
चुलाचुलि गाउँपालिकामा सबै पद निर्विरोध भएको छ । राजेन्द्र केरुङ सभापतिमा निर्वाचित भएका छन् ।
इलाम नगरसभापतिमा तिर्थ गुरुङ्ग निर्वाचित भएका छन् । नगरसभापतिका चार प्रतिष्पर्धीलाई पाखा लगाउँदै गुरुङ्ग नगरसभापतिमा निर्वाचित भएका हुन् । उनले १२८ मत प्राप्त गरेका छन् । नगर सभापतिका प्रतिष्पर्धी अमृतलाल श्रेठले ८०, लिला थापाले ७५, निर्मल राउतले ७३ र सोम सुसेलीले १९ मत प्राप्त गरेका छन् । नगर उपसभापतिमा सुशीला सापकोटाले १४६ र उर्मिला निरौलाले १२१ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा विरेन्द्र कार्कीले १६७ र निराजन भट्टराई १६० मत प्राप्त गर्दै विजयी भए । सहचिवमा प्रज्वल घिमिरेले २०७ र विरेन्द्र राईले १७७ मत प्राप्त गरेर विजयी भए । नगर कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।