काठमाडौं । क्याप्टेन एजी शेर्पा स्थापना कालदेखि नै बुद्ध एयरसँग आबद्द छन् । उनले उडान भर्न थालेको २४ वर्ष भयो । त्यसैले अनुभवका हिसाबले निकै खारिएका उनलाई हरेक उडान सहज र नियमित लाग्छ ।
तर सोमबार उनका सामू करियरकै चुनौति मात्र होइन जीवनमरणकै कठिन मोड आइपर््यो । चालकसहित ७७ जना यात्रुलाई लिएर काठमाडौंबाट विराटनष्र उडेको जहाजमा अवतरणका क्रममा प्राविधिक समस्या देखियो । ग्राउण्ड ह्याण्डिलमा समस्या भएपछि जहाज अवतरण हुन सकेन । त्यसैले क्याप्टेन शेर्पाले जहाजलाई काठमाडौं विमानस्थलमै डाइभर्ट गराए ।
खास के भएको थियो ? यस्तो छ पाइलट शेर्पाको अनुभव :
बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट ७७ जना यात्रु बोकेर हामी विराटनगरतर्फ उडान भर्दै थियौं । जहाज स्मूथले उडिरहेको थियो । विराटनगर पुग्नै लाग्दा एयर ट्रफिक कन्ट्रोल रुममा अवतरण गर्ने जानकारी गराएँ । जहाज अवतरण गर्ने बेला भएपछि जहाजको चक्का डाउन गर्न खोजें । तीनवटा चक्कामध्ये एउटा चक्का डाउन नै भएन।
जहाज अवतरण गर्नको लागि जहाजको इन्जिनले ग्रिन सिग्नल संकेत पनि दिएन । यसलाई थ्री ग्रिन सिग्नल भनिन्छ। तीनवटा सिग्लन ग्रिन देखिएमा मात्रै जहाज सामान्य अवतरण हुन्छ । नत्र जहाजको इन्जिन वा चक्कामा समस्या भएको भन्ने बुझिन्छ । कोशिस गरें तर ल्यान्डिङ गियर डाउन हुँदै भएन । यो समस्या सामान्य थिएन । त्यसैले काठमाडौं नै डाइभर्ट गर्ने निर्णय गरें । एटिसी टावर र जहाजका इन्जिनियरहरूलाई जहाजको अवस्थाबारे जानकारी गराएँ । एटिसी टावरले काठमाडौंतिरै ‘मुभ’ हुन भन्यो। काठमाडौंतर्फ उडिरहँदा मनमा सहजै जहाज अवतरण गर्न सकिन्छ भन्ने कन्फिडेन्स गुमाइसकेको थिएँ । त्यसैले द्धिविधाकैबीच काठमाडौंको आकाश प्रवेश गर्यौं । मैले धेरै कुरा सोचिसकेको थिएँ, तर भाग्यवश विराटनगरबाट काठमाडौं एयरपोर्टमा आइपुग्दा जहाजले थ्री ग्रिन सिग्नल दियो, मैले पनि निकै ध्यान दिएको थिएँ।
तर जहाजमा इन्धनको मात्रा धेरै थियो । त्यसैले आकस्मिक वा संकटकालीन अवतरणलाई ध्यानमा राख्दै ‘फ्युल वर्न’ गर्ने निर्णय गरें । यसो गर्दा जहाजको तौल कम हुन्छ भने जमिनमा बजारिए पनि ठूलो क्षति वा आगलागी हुनबाट बच्ने सम्भावना बढी रहन्छ ।
त्यसैले काठमाडौं विमानस्थल आइपुगेपछि जहाजलाई चार/पाँच फन्को घुमाएँ । केही बेर जहाजलाई आकाशमै होल्ड गरें । यात्रुहरुलाई धैर्य गर्न अनुरोध गरें । यात्रुहरू निकै डराइरहनुभएको थियो, तर म पनि डराएको भए जहाज बीचमै खस्थ्यो होला । त्यो अवस्थामा म निकै सतर्क भएँ । सेकेन्ड सेकेन्डमा जहाज कतातिर मोडेको छु याद गरेँ, एयर होस्टेसहरू पनि हाई अलर्टमा रहेर मलाई साथ दिए ।
त्यतिञ्जेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुरबिन लगाएर हवाई इन्जिनियरहरूले जहाजको चक्का र इन्जिन जाँच गरे। जाँच गर्दा जहाजमा खासै समस्या देखिएन। त्यसपछि एटिसी टावरले अवतरण गर्ने अनुमति दियो। अनि मैले ल्यान्डिङ गेयर डाउन गरेर जहाजलाई तल झारैं । अब चाहिँ जहाजले थ्री ग्रिन सिग्नल दियो। चक्का आँफै डाउन भयो। त्यसपछि बिहान १० बजेर १६ मिनेटमा जहाजलाई अवतरण गराएँ । जहाजको टायरले भुइँ छोएपछि सबै यात्रुहरू झसँग भए र खुशीले ताली पिटे। २४ वर्षसम्मको पाइलट जीवनमा यो मैले पनि कहिल्यै नभोगेको अनुभव थियो ।
त्यसैले यो मेरो पाइलट जीवनकै अविस्मरणीय क्षणको रुपमा रहनेछ ।