प्रेम यादव
रौतहट । बिजुलीको व्यवस्था नहुँदा रौतहटकाे ब्रह्मपुरीका दलित बस्तीका बासिन्दा अन्ध्याँरोमै बस्न बाध्य बनेका छन् । पिउने पानी समेतको व्यवस्था नहुदाँ स्थानीय पिडीत बनेका हुन् ।
दलित सुविधाविहीन भएका छन् । राजदेवी नगरपालिका–९ मा रहेको दलित समुदायका बस्तीमा बिजुलीको व्यवस्था छैन । त्यहाँ रोड नाला केहिको व्यवस्था छैन् । राजदेवी नगरपालिकाका प्रमुख धिरेन्द्र सिंहको आफ्नै गाउँको छेउमै रहेको दलित बस्तीमा वर्षौ बितिसक्दासमेत विकास हुन सकेको छैन ।
मेयर उपमेयर लगायतका निर्वाचित जनप्रतिनिधिहरुले ध्यान नदिँदा नगरवासीहरुको जनजीविकासँग सम्बन्धित सुविधा अपुग भएको राजदेवी नगरपालिकाका युवा नेता निवेश कुमारले बताउनुभयाे । काम गर्नुको सट्टा विवाद र बजेट भागबन्डामा जनप्रतिनिधिहरुले धेरै ध्यान दिँदा नागरिक असुविधाको मारमा परेको उहाँको भनाइ छ । सो वस्तीमा बिजुलीको सेवा विस्तार गर्न समेत प्राधिकरणको ध्यानाकर्षण गराउँदै नगरिएको खण्डमा संघर्ष गर्नुपर्ने उहाँकाे भनाइ छ।
'हाम्रो नगरपालिकाको धेरै यस्ता गाउँ छन्, जहाँ अझै बिजुलीको सेवा राम्ररी पुग्न सकेको छैन । ब्रह्मपुरीकै कुरा गर्नुहुन्छ भने त्यही गाउँबाट मेयर, उपमेयर दुबै जितेका छन् । उहाँहरुले यसबारे चिन्ता देखाउनुपर्ने विषय हो तर त्यसप्रति कुनै चिन्ता छैन ।'
उहाँले भन्नुभयाे, 'वडाध्यक्षले नै चासो दिएको देखिएन। सबै ठाउँमा बिजुली पुग्नुपर्छ, यो जनताको हक हो ।'
समग्रमा हेर्ने हो भने यस नगरपालिकाको जनप्रतिनिधिहरुको रवैयाले नै जनताले दु:ख पाईरहेका युवा नेता निवेश कुमारले बताउनुभयाे । नगरप्रमुख हालसम्म एकचोटी पनि उक्त बस्तीमा नआएको स्थानीयहरुको आरोप लगाएका छन् ।
जनता आवास अन्तर्गत करोडौ्ं रकम प्रदेश सरकार, स्थानीय सरकारमा आउने गरेको भए पनि स्थानीय सरकारले सो रकम वितरण नगरेर रकम फ्रिज बनाएको भन्दै मंगलवार गौरमा हजारौं दलितहरुले प्रदर्शन गरेका थिए ।