लमजुङ । जन्मदिन वृक्षरोपण अभियान यात्राका सहयात्री, शुभेच्छुक, शुभचिन्तक, अभियन्ता पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले जन्मदिनमा वृक्षरोपण अभियानले निकालेको उर्जालाई राज्यले प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
जन्मदिनमा वृक्षरोपण अभियानले अभियानका बारेमा जानकारी गराउने तथा राय लिनका लागि पूर्व प्रधानमन्त्रीसँग राखेकाे विशेष कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
नागरिक स्तरबाट सुरुवात भएको कार्यक्रम अत्यन्तै उत्कृष्ट छ तर यसको यसको नीति र कार्यक्रमलाई राज्यले कार्ययोजना बनाएर लागू गर्न सके अभियानले सफलता हासिल गर्न सजिलो हुने विचार उहाँले राख्नुभयो ।
'कार्यन्वयन गर्ने निकाय सरकार हो । राष्ट्र र नागरिक हितका विषयलाई राज्यले सहयोग गरेर कार्यन्वयनमा लैजानु जरुरी छ, यसको लागि राज्य सक्षम राष्ट्रियहित र नागरिक हितमा केन्द्रित हुने हुनुपर्छ ।' उहाँले भन्नुभयाे ।
वृक्षरोपण आफ्नो प्राथमिकतामा पर्ने भन्दै भट्टराईले अभियानलाई सहयोग गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
नागरिकको फरक प्रसंगको जिज्ञासामा डा भट्टराईले राजनीति देश र नागरिकको हितमा मात्रै गरिने र छिमेकी मित्रराष्टहरुसँगको कुटनीतिक सम्बन्ध सन्तुलनमा राख्दै दाता राष्ट्रहरुले दिने सहयोग राष्ट्र र नागरिक हित हुने गरी मात्रै स्वीकार गरिने धारणा राख्नुभयो ।
आफूबाट राष्ट्र र नागरिकको अहित हुने कुनै पनि काम नहुने पनि प्रष्ट पार्नुभयो । राजनीतिबाट तटस्थ बस्नु भनेको गलतलाई साथ दिनु सरह भएकाले सत्य र न्यायका पक्षमा आवाज उठाउनु पर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईलाई रुद्राक्षको माला लगाएर अभियान समितिका जेष्ठ सदस्य देविदास बरालले स्वागत गर्नुभएको थियोे भने मायाको चिनो दिएर अभियानका परिकल्पनाकार एवं संस्थापक केन्द्रीय अध्यक्ष बासुदेव सेढाईले सम्मान गर्नुभएको थियोे ।
कार्यक्रममा पूर्वमन्त्री हिसिला यमी, जसपाका केन्द्रीय र जिल्ला स्तरका नेताहरू, अभियानका पदाधिकारीहरु, संचारकर्मीहरु र अभियन्ताहरुको उपस्थिति थियोे ।
समिति अध्यक्ष बासुदेव सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष बुना रिमाल र कार्यक्रमको सहजिकरण कोषाध्यक्ष रामजी बसौलाले गर्नुभएको थियोे ।