कालीकोट । कोरोना जोखिममा झण्डै दुई शैक्षिकसत्र वन्द भएका बिद्यालय वल्लतल्ल गत भदौ १ गतेबाट सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय कालीकोटले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर बिद्यालय खोल्न निर्देशन दिए पछि बिद्योयालय सञ्चालनमा आएका हुन् ।
दुइ शैक्षिक शत्र बिद्यालय जान नपाएका बिद्यार्थी खुशि हुदै बिद्यालय जान थाले, तर विद्यालयमा शिक्षक नआउँदा विद्यार्थी निराश भएका छन् । बिद्यार्थी मात्र खुशी भएर के गर्नु पढाउने शिक्षक खुशी भएर विद्यालयमा पढाउन नआइदिए पछि । आफूलाई पढ्न पनि रमाइलो लाग्ने भए पनि शिक्षकहरू विद्यलयमा नआए पछि निरास हुनु परेकाे गढुलस्नानी आधारभुत बिद्यालय कक्षा ८ मा अध्यानरत जीवनराज देवकोटाले बताउनु भयाे । शिक्षकहरु प्रायः राजनीतिक कार्यक्रममा व्यस्त भएका कारण विद्यालयमा अनुपस्थित रहनेगरेको उहाँले बताउनुभयो ।
बिद्यालयका प्रधानाध्यापक दिपराज देवकोटाले बिद्यार्थी देवकोटाले भनेको कुरा सही रहेको र आफूलाई नेपाली काँग्रेसले वडा तथा गाउँ अधिवेशनका लागि निर्वाचन अधिकृत बनाएर पठाएका कारणले आफु बिद्यालयमा लामो समय अनुपस्थित रहेको बताउनुभयो ।
तिलागुफा नगरपालिका ७ कान्छीवाडामा रहेको महावै आधारभुत बिद्यालयका प्रअ दिपवहादुर शाही स्थानीय निर्वाचन २०७४ मा वडा अध्यक्षमा निर्वाचन लड्नुभएको थियो । शिक्षकवाट राजिनाम दिएको गाउँलेलाई भनेपनि अहिले महावै आधारभुत बिद्यालयको प्रअ उहाँ कायमै रहनुभएको छ । काँग्रेस सम्वद्ध नेपाल शिक्षक संघका नेता शाही गाउँदेखि जिल्ला अधिवेशनका लागि दौडधुपमै समय व्यतित गरिरहनुभएको शिक्षकहरुको गुनासो छ । प्रअ शाहीले आफु निजि श्रोतको शिक्षक भएकाले चुनाव लड्दा राजिनामा दिन नपर्ने वताउनुभयो ।
काम बिषेशले सदरमुकाम मान्ममा भएकाले विद्यालयमा अनुपस्थित रहेको उहाँले बताउनुभयो । तिलागुफा नगरपालिका ७ मा रहेको कालिका माविका शिक्षक विरामी परेपछि उपचारका लागि आफू सदरमुकाममा रहेको उहाँले प्रष्ट पार्नुभयो । शिक्षक राजेन्द्र वहादुर रावत पनि आन्तरिक कामले मान्ममा रहेको प्रअ शाहीले वताउनुभयो । अरुको कारण नखुलाए पनि प्रअ शाहले बिद्यालयमा हाल जनकवहादुर शाही मात्र उपस्थित रहनुभएको बताउनुभयो । प्राबिका चार जना शिक्षक मध्य तीन जना वाहिर रहनुभएकाले विद्यालयमा पठनपाठन प्रभावित भएको उहाँको भनाई छ ।
कालीका माविका ब्यवस्थापन समितिका अध्यक्ष नैनवहादुर शाहीले यसभन्दा अगाडिको अध्यक्ष नेत्रवहादुर रावत रहेको र आफु अध्यक्ष भएको चार महिनामात्र भएकाले सुधारको प्रयास भइरहेको बताउनुभयो । बिद्यालयमा कार्यरत शिक्षकहरु अधिकांश स्थानीय राजनीतिक काममा व्यस्त रहनुभएकाले विद्यालयको पठन पाठनमा समस्या हुँदैआएको स्थानीय अभिभावकको गुनासो रहँदैआएको छ ।