प्रेम यादव
रौतहट । 'बेटी बचाऊ, बेटी पढाऊ' अभियान अन्तर्गत आज (साेमवार) गौरको आधारभुत विद्यालय बालमन्दिरका छात्राले साइकल पाएका छन् ।
प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत जिल्लाको सदरमुकाम गौरस्थित श्री आधारभुत विद्यालय बालमन्दिरमा कक्षा ८ उर्तिण गरी ९ मा अध्यायनरत छात्रालाई साइकल वितरण गरिएको छ ।
'प्रदेश सरकार मार्फत वितरण गरिएको साइकलले विद्यालयमा अध्यायनरत छात्रालाई झन् मनोबल उच्च राख्नेछ' गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले बताउनुभयो ।
प्रदेश नं २ सरकारका राज्यमन्त्री योगेन्द्र यादवको प्रमूख उपस्थितिमा विद्यालयका कक्षा ९ मा अध्यायनरत ४६ छात्रालाई साइकल वितरण गरिएको हो ।
छोरीलाई बराबरको मानसम्मान प्राप्त होस् भन्ने उद्देश्यले प्रदेश सरकारले 'बेटी बचाऊ, बेटी पढाऊ' अभियान अन्तर्गत साइकल वितरण, बीमा, दलित भत्ता वितरण जस्ता कार्यक्रमको आयोजना गरेको प्रदेश नं २ का भूमि तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले बताउनुभयो ।
आजको कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमूख अजय कुमार गुप्ता, उपनगरप्रमूख किरण ठाकुर,अनुसन्धानका एसपी मुकुन्द खडका, जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक अधिकारी वसन्त भट्टराई, जसपाका नेता रेवन्त झा, जिल्ला संयोजक शोभा साह लगायत विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिका र अन्य जनप्रतिनिधिहरुको उपस्थिति देखिएको थियो ।
कक्षा ७,८,९ र १० मा अध्ययनरत छात्रालाई साईकल वितरण गर्दा झन् प्रभावकारी हुने जसपाका नेता रेवन्त झाले बताउनुभयो ।
आइतबार यस अभियान अन्तर्गत रौतहटको जेठो मध्ये एक श्री जुद्ध नमुना माध्यमिक विद्यायलयका कक्षा ९ मा अध्यायनरत ९७ छात्रालाई साइकल वितरण गरिएको थियो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश नं २ भित्रका सामुदायिक विद्यालयहरुको कक्षा ८ मा पढ्ने १४ हजार छात्रालाई साइकल वितरण गर्ने जनाएकाे छ ।