काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै प्रदेश १ मा करिब ७ हजार प्रहरी परिचालन हुने भएका छन् । दसैँबाट छठसम्मका लागि प्रदेशमा हुन सक्ने अपराधिक घटना र कोभिड नियन्त्रणका लागि विभिन्न रणनीतिसहित ६ हजार ९ सय २३ जना प्रहरी सुरक्षार्थ खटिने भएका हुन्।
दसैँ तिहारका क्रममा चाेरी, लुटपाट, ठगी जस्ता कुराले प्राथमिकता पाउने गरेको हुदाँ स्थानीयसँगको सहकार्यमा प्रहरी जनताको सुरक्षाका लागि खटिने १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले बताउनु भयाे ।
चाडपर्वका क्रममा सर्वसाधारणको किनमेल, गरगहना जोड्ने, धार्मिक क्षेत्रमा हुन भीडभाड जस्ता स्थानमा बढी लुटपाट तथा चोरी हुने गर्दछ। प्रहरीले यस्ता स्थलमा सादा पोशाकमा सुरक्षा दिनेछ। प्रहरीले वित्तिय संस्था, सुनचाँदी पसल कारोबार हुने स्थलतर्फ ६४ स्थानमा १ सय ८६ जना, धार्मिक पर्यटनस्थलको सुरक्षाका लयगि ४६ स्थानमा १ सय ७९ जना प्रहरी खटिने छ ।
प्रदेश प्रहरी प्रमुख बिसीका अनसार चाडपर्व सुरक्षाका लािग प्रदेशका विभिन्न स्थानमा ८६ वटा चार पांग्रे सवारी, २ सय ७८ वटा क्विक रेस्पोन्स टोली, २ सय ५ वटा पैदल गस्ती, ३ सय १७ स्थानमा पिकेट परिचालन हुने छन् । यसक्रममा मुख्यतः भारतबाट नेपाल आउने क्रममा ठाउँ ठाउँमा हुनेसक्ने लुटपाट, भीडभाडमा हुने चोरी, सडक दुर्घटना, नाकाबाट हुने चोरी तस्करी जस्ता कुरामा प्रहरीको विशेष ध्यान रहनेछ ।
प्रहरीले राजमार्ग सुरक्षाका लागि विभिन्न २० स्थानमा ट्राफिक स्कर्टिङ, ४१ स्थानमा यात्रु सहायता कक्ष स्थापना हुनेछ । दसैँको अवधिमा विराटनगर जोगबनी, सुनसरीको भण्टाबारी, काँकडभिट्टा नाकाबाट आउजाउ बढी हुने हुँदा कोभिड नियन्त्रणका लागि समेत प्रहरीले सुरक्षा दिने र भारतबाट आउने नागरिकको स्वास्थ्य चेकजाँच एन्टिजेन परीक्षण गरिने र शंका लागेको खण्डमा स्थास्थ्यकर्मीलाई बुझाइने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।