काठमाडाैं । दशैँको समयमा सोचेजस्तो व्यापार नहुँदा व्यावसायीहरु चिन्तित भएका छन् । नेपालीहरुको महान चाड विजया दशमीको आगमनमा समेत धनगढी बजारमा चहल–पहल नहुँदा सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरु चिन्तित देखिएका हुन् ।
चाडपर्वका लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको हो । भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ ।
धनगढीका व्यापारी मदन कृष्ण भट्टका अनुसार विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरेपनि कोरोना महामारीपछि व्यावसाय फस्टाउन सकेको छैन । उहाँले खुल्ला सीमानाकाका कारण व्यवसाय नै चौपट भएको गुनासो गर्नुभयो ।
व्यापारी भट्टले भन्नुभयो, ‘चाडपर्वका लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको छ, भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ, विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गर्दथ्यो, तर कोरोना महामारीपछि सोचेजस्तो व्यापार हुन सकेको छैन ।’
उपभोक्त अञ्जु घिमिरेले भने नेपालको बजारमा व्यापारीले आफूखुशी भाउ बढाएपछि दशैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारी जाने गरेको बताउनुभयो । उहाँले चाडवाड शुरु भए लगत्तै व्यापारीहरूले आफैँ भाउ बढाउने गरेको बताउनुभयो ।
नेपाली बजारमा चाडवाडलाई लक्षित गरेर व्यपारीहरुले आफूखुशी भाउ बढाउन थालेपछि भारतको वन गाउँमा किनमेल गर्न नेपालीहरु सीमापारी जाने गरेका छन् । अहिले त्रिनगर नाकाका किनमेल गरेर नेपाल फर्किनेको लर्को लागेको उहाँले बताउनुभयो ।