काठमाडौं । प्रसिद्ध टाटा कम्पनीले भारतमा नयाँ गाडी सार्वजनिक गर्दैछ।
कम्पनीले सोमबार भारतीय बजारको लागि नयाँ पन्च एसयुभी सार्वजनिक गर्ने भएको हो। नयाँ पन्च किफायती मूल्यमा उपलब्ध हुने भनिएको छ। यसको मूल्य भारतीय बजारमा ५ लाख ५० हजारदेखि ८ लाखबीच हुने अनुमान लगाइएको छ। कम्पनीले गाडीको बुकिङ पनि खुलाइसकेको अटो हिन्दुस्तानले जनाएको छ।
कम्पनीले गाडीमा सुरक्षाको लागि विशेष प्राथमिकता दिएको छ। यसमा ट्र्याक्सन कन्ट्रोल मोड, ३७० एमएम वाटर(वेडिङ, इबिडीसहितको एबिएस ब्रेकिङ प्रविधि, र ब्रेक स्वे कन्ट्रोललगायत विशेषताहरू छन्। गाडीमा १८७ एमएम ग्राउन्ड क्लेरेन्स छ। गाडीमा १५ इन्चको ह्विल छ। त्यस्तै गाडीमा दुई वटा ड्राइभ मोड पनि हुने बताइएको छ।
गाडीमा १.२ रेभोट्रोन इन्जिन जडित छ। जसले ८६ पिएस पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ। गाडी पाँच स्पीड गियर म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ।
यो गाडी जम्मा ६.५ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्छ। यस्तै १६ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्ने क्षमतायुक्त रहेको बताइउको छ ।
नयाँ पन्चमा पुरै स्वचालित तापमान नियन्त्रण, एड्जस्टेबल ड्राइभर सिट, ओटो फोल्ड ओआरभिएम, स्टेरिङ माउन्ट कन्ट्रोल, टिल्ट स्टेरिङ र युएसबी चार्जर जस्ता विशेषताहरू छन्। गाडीमा ७ इन्चको टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर छ।
टाटा पन्च प्योर, एडभेन्चर, अकम्पप्लिस र क्रियटिभ गरेर चार विभिन्न भेरियन्टमा उपलब्ध छ। त्यस्तै गाडी सेतो, सुन्तला रंग, ग्रे, ब्रोन्ज, रातो, ट्रोपिकल मिस्ट र निलो गरेर सातवटा रंग विकल्पमा उपलब्ध हुनेछ।