बाजुरा । बाढी पहिरोले बाजुराका ६५ घरपरिवार विस्तापित भएका छन् । असोज ३१ देखि कात्तिक ३ गते सम्म लगातार परेको अविरल वर्षाका कारण जिल्लाको बूढीगङ्गा, त्रिवेणी, स्वामीकार्तिक, हिमाली, जगनाथ गाउँपालिकालगायतका ६५ घरपरिवार विस्तापित भएका हुन् ।
पछिल्लो समय बाजुरामा लगातारको परेको अविरल वर्षाका कारण गाउँको तलमाथिबाट पहिरो बग्न थालेपछि सो ठाउँको बस्ती विस्तापित भएको जिल्ला प्रहरीक कार्यालय बाजुराले जनाएको छ ।
बाढीपहिरोले जिल्लाका बूढीगङ्गा र त्रिवेणी नगरपालिकाका १० वटा घर पूर्णरुपमा क्षति भएका छन् ।
लगाएको घर बाढीपहिरोले भत्काइएपछि अहिले त्यो घरका मानिस आफन्तको घरमा बास गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख मदनजीत महराले बताउनुभयो ।
जिल्लामा सञ्चार सेवा राम्रोसँग सुचारु नभएकाले धानबाली कति क्षति भएको त्यसको यकिन तथ्यांक भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख महराले बताउनुभयो । बाढी पहिरोमा परी जिल्लाको विभिन्न ठाउँमा १७ वटा चौपाया र तीन वटा पन्छी समेत मरेका छन् । बाजुरामा चार दिन सम्म लगातार परेको अविरल वर्षाका कारण भौतिक संरचनाहरु भत्किएपछि करोडौँ भन्दा बढी नोक्सानी भए पनि माननीय क्षति नभएको प्रमुख महराले बताउनुभयो ।
यस अघि बाढीपहिरोका कारण जिल्लाका ९२ बस्ती पहिरोको उच्च जोखिममा रहेदै आएका छन् ।बडिमालिका १ र २ को भौनेरा, घागर ३ को मुसिगाउँ, सेरी, घोगाली ४ को तिपाडा, वेलेना ५ को सल्लेरीवाडा ६ जडागा, ७ को जिल्ली, सिराडी, चुथी, ८ र ९ को बाउली गडखेत बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । त्यसैगरी, बुढीगङ्गा नगरपालिकाका वडा नं १ को कुँडी, २ को बल्दे ,नडाग, ३ को गडतोला, वसाली ४ को साउवाडा खोलाल्वाडा, ५ को कोटवाडा, ६ को फलासैन, बाम्का बजार, ७ को बेलालमाण्डौ , १० को सेलापाखा रहेका छन् । त्यसैगरी, त्रिवेणी नगरपालिकाको वडा नं १ को विसालवजार, वडा नं ४ को पीपलसेन राउतेला, ५ को किम्नी ६ को गैरा, पन्धारा, फल्नेतोला ८ को पन्ताली, ढँडाली, बाँगापाटा, कालापानी, गरिवाडा नेपाली टोल रहेका छन् ।
बुढीनन्दा नगरपालिकाको वडा नं १ को साउने गाउँ २ को कोल्टी ३ को भुलेना, ४ को घोडाकोट, सिराडी ६ को दैया, लाटोवस्ती, खारगडा ७ को पहेलसेरा, नौलाकोट र खड्कावाडा, ८ को प्रियाकोट, ९ को गुइदेली रहेका छन् । त्यसैगरी, हिमाली गाउँपालिकाको वडा नं १,२,३, को विछ्या नेटा,वडा नं ४ को फैती, ६ को पाडी रहेका छन् । स्वामिकार्तिक गाउँपालिकाको वडा नं १ को वर्कुु जोरु,मुक्तिकोट, २ को सुपाना, ३ को जुकु,४ को वाइ, ५ मिगु, रहेका छन् । जगनाथ गाउँपालिकाको वडा नं १ को खारखोला २ को मुलेखोला , तल्लोहुनी, वस्केला, रहेका छन् ।
खप्तड छेडेदहको वडा नं १ को नाउलीखोला, पैयापाटा,२ को बल्दे ३ को टुनीसैन, ४ को चास्ला, ५ को पारतोला, माडीखोला, बुढाथोकीवाडा, घरेडी ६ को सुदाडा रहेका छन् । यी बस्ती व्यवस्थापनाका लागि सम्बन्धित निकायमा पत्राचार गरेको र केही बस्तीमा घरनिर्माणको काम पनि सुरु भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, विस्तापित बनेका बस्तीहरुको व्यवस्थापन गर्नका लागि जमिन उपलब्ध हुन सकेको छैन । घरविहीन भएकाहरुलाई जमिन उपलब्ध हुने वित्तिकै घर निर्माणको कामले पनि तीव्रता पाउने भएको छ ।