काठमाडौं । चेरी ब्राण्डको ‘टिगो फोर प्रो’ एसयूभी कार नेपाल भित्रिएको छ ।
सारडा ग्रुप अन्तर्गतको एमसीभी अटोमोवाइलले चेरी ब्राण्डको ‘टिगो फोर प्रो’ एसयूभी नेपाल ल्याएको हो ।
अहिले एउटा एसयूभी मोडल मात्रै नेपाल आएको छ । तर चेरीको चर्चित मोडल टिगो फोर प्रोसँगै क्रमिक रुपमा अन्य मोडल पनि नेपाल आउने कम्पनीले जनाएको छ ।
चेरी टिगो फोर प्रोको लम्बाई ३५५८ एमएम, चौडाई १८३० एमएम, उचाई १६७० एमएम रहेको छ भने ह्वीलवेस २६३० एमएमको रहेको छ ।
निकै मस्कुलर देखिने एसयूभीमा बाघको आँखा जस्तो प्रोजेक्टर हेडल्याम्प, १७ इन्चको डायमण्डकट अलोय ह्वील, ठूलो फ्रन्ट ग्रिल दिइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा टिगो फोर उपलब्ध रहेको छ । यसमा १.५ लिटर टर्बो र २.० लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन उपलब्ध छ । तर नेपालमा कुन भेरियन्ट आएको छ भन्ने विषयमा कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
यसमा हिल डिसेन्ट कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, ६ डी बडी कन्ट्रक्सन, ३६० डिग्री क्यामेरा, एयरव्याग, एबीएस, इबीडी जस्ता थुप्रै सुरक्षा फिचर उपलब्ध रहेको छ ।