एजेन्सी । ती आँखाहरुले १९ वर्षसम्म शिकारको दृश्यलाई स्मृतिमा राख्यो । कालो हरिणको शिकारको मुद्दा धेरै लम्बियो । धेरै आरोह अवरोह आयो । तर बिश्नोई समाजका साक्षीहरु अविचलित रहे । उनीहरु थाकेनन् । ती दुई साक्ष्य व्यक्तिकै वयानको आधारमा फिल्मस्टार सलमान खानको लागि न्यायमुर्तिहरुले सजाय हुने फैसला लेखिदिए । यो प्रकरणमा जोधपुर जिल्लाका कांकाणी गाउँका पूनम चंद बिश्नोई र भारमल बिश्नोईको नाम प्रमुख रुपमा जोडिन्छ ।
कांकाणीका पूनम चंद बिश्नोईले फोनमा केही कुरा अवश्य गरेका थिए । तर उनले भनेका थिए ‘अहिले अधिक कुराकानीको लागि उनी उपलब्ध छैनन्’। उनले भने –“जे देखेको थिए त्यो अदालतलाई भनिदिएँ ”।
भारमल बिश्नोईले आफ्नै गाउँ कांकाणीमा बिबिसीसँग भने–“मैले शिकार भएकै समयमा त्यहाँ हरिणको रगत माटोमा वगेको देखेको थिएँ । देखिजान्ने सक्ष्य भएको कारणले नै मेरो नाम साक्षीका रुपमा राखिएको थियो” ।
७२ वर्षिय भारमल बिश्नोई खेतिपाती र पशुपालन गर्छन् । उनले भने,‘मैले अदालतमा त्यही बयान दिएँ जे मैले देखेको थिए’ ।
बिश्नोई भन्छन्,‘दवावको कुनै कुरै रहेन’। उनले थपे– “मसँग जीरह पनि गरियो”। मलाई सोधियो, तिमीले कति मिटर दुरीवाट घटना देखेका थियौ ? मैले भने– “मिटरको नाप त मलाई थाहा छैन, तर ५० पाईलाको दुरीबाट घटना देखेको थिएँ । त्यहाँ ढुंगामाथि शिकार गरिएको हरिणको रगत थियो । ढुंगा रगतले लपक्कै भिजेको थियो”।
बिश्नोई भन्छन्, उनको स्मरण शक्तिको बारेमा पनि केही प्रश्न सोधियो । तिम्रो बिवाह कहिले भएको थियो भन्ने प्रश्न सोधिए पछि मैले भने– ‘बालापनमै भएको थियो’।
उनी घटनाको अतीत सम्झिदै भन्छन्–‘वन विभागले उनले देखेका कुराहरु पहिले सोध्यो अनि साक्षीको रुपमा मेरो नाम लेख्यो’।उनले भने–“त्यहाँ कंकड पथ्थरहरु रगतले भिजेका थिए । साक्षी वयान गर्दा मैले त्यसैलाई पुष्टि गरें” ।
कानून व्यावसायीहरुले यो घटना कहिले भएको थियो भनेर प्रश्न गरे । मैले भनिदिए १९९८ को मामिला हो– बिश्नोईको भनाई थियो ।बिश्नोईले उनी यो मुद्दाको फैसला सुनेर खुशी भएको बताए । उनको भनाई थियो–“वन्यजन्तुको सुरक्षा र संरक्षणका लागि त म आफ्नो ज्यानको बाजी थाप्ने गर्छु । म यो फैसलाबाट खुशी छु”। बीबीसी हिन्दीबाट अनुबाद