काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एउटा रोटी र दुई गाँस भात खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने तर्क गर्नुभएकाे छ ।
केही दिन अघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले लगाउनुभएकाे आरोपको खण्डन गर्दै ओलीले कराेडाैँकाे भाँडाकुँडा नकिनेकाे तर्क गर्नुभएकाे हाे ।
हिजाे शुक्रवार चितवनकाे एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओली प्रधानमन्त्री हुँदा करोडौँको भाँडाकुँडा किनेको आरोप लगाउनुभएकाे थियाे ।
‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ, प्रधानमन्त्रीको निजी कार्यालय त्यस्तै दरबार बन्दैछ।' दाहालले भन्नुभएकाे थियाे, 'हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन्।'
दाहालकाे यही आरोपको ओलीले आज खण्डन गर्नुभएकाे हाे । ओलीले खण्डनमा भन्नुभएकाे छ, ‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ? प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्यो होला। भाँडाकुँडा चाहियो होला।'
उहाँले थप भन्नुभएकाे छ, 'मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो ? ‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौंको भाँडाकुँडा किन चाहियो ?’