काठमाडौं । नेपालमा सियो पनि बन्दैन भन्ने आम मान्यता छ । तर यसको अपवाद ओखर स्टोरले नेपाली मौलिक घडीलाई विश्वव्यापी ब्राण्ड बनाउने सपना देखेको छ । यसको शुरुवात उसले नेपाली बजारबाटै गरेको छ ।
ओखर घडीको विशेषता र यसको मौलिकता भनेको यो विशुद्ध ओखरको काठबाट निर्मित घडी हो । यसको परिकल्पनाकार प्रकाश दाहाल हुन् । ओखर घडीमा जति नेपालीपन भेटिन्छ, उत्ति नै यो लगाउदा लक्जरी अनुभव गर्न सकिने कम्पनीको दाबी छ । लामो छलफल र परामर्शपछि आफ्नो ब्राण्डको नाम ओखर राखिएको कम्पनीको वेबसाइटमा उल्लेख छ ।
ओखर घडी विशुद्ध नेपाली हस्तकलाको उत्पादन हुनुका साथै विश्वसनीय प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ । यसका घडीहरु आकर्षक डिजाइन, पानी नपस्ने र टिकाउ समेत रहेको छ । त्यसैले कम्पनीले ओखर घडीमा एक वर्षको वारेन्टी समेत दिएको छ । विभिन्न सेग्मेन्टमा उपलब्ध ओखर घडीको मूल्य न्यूनतम् २ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म रहेको छ ।
ओखरको काठबाट घडी बनाएपछि त्यसका लागि रुख कटान पक्कै गर्नुपर्छ । तर बदलामा कम्पनीले वृक्ष रोपनलाई कम्पनीको नीतिमै राखेको प्रतिवद्दता समेत व्यक्त गरेको छ ।
एप्पल वाचसहित जुनसुकै कम्पनीका घडीका लागि पनि ओखर ब्याण्ड अर्थात चेन उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस्तै कम्पनीले ओखरको काठबाटै निर्मित चश्मा समेत बजारमा ल्याएको छ ।
अँ साँच्ची नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकै आइसकेको छ । तिहारको भाइटीकामा दाजुभाइको कामना गर्दै दिदीबहिनीहरुले ओखर फुटाउने नेपाली मौलिक र पूरानो चलन हो । यही चलनलाई जीवन्त बनाउन ओखर स्टोरले ओखर घडी उपहार दिन सुझाएको छ । आफ्ना दाजुभाइ र दिदीबहिनीलाई ओखर घडी दिन चाहनेले घडीमै नाम र सन्देश खोपाएर दिन पाउने अफर समेत कम्पनीले ल्याएको छ । भएन त गजब ?
हेरौं ओखर घडीका केही डिजाइनहरु :