रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सिद्धार्थनगरमा रामबहादुर बस्नेतलाई अध्यक्षमा चयन गरेको छ । भैरहवा भएको पार्टीको भेलाले बस्नेतलाई अध्यक्षमा चयन गरेकाे हाे ।
भेलाले बस्नेतकाे अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठनसमेत गरेकाे छ ।
कमिटीको उपाध्यक्षमा सार्दुल मयूर कसौधन, सचिवमा समिर खाँन र सहसचिवमा गंगा भुसाललाई चयन गरिएको समाजवादी सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले जानकारी दिनुभयाे ।
नगर कमिटीको सदस्यहरूमा कृष्ण कुँवर, शिव घिमिरे, विनोद क्षेत्री, जयप्रकाश तेली, रामनारायण पाण्डे, राजेश कसौधन, पप्पुकुमार हलुवाई, सन्देश रेग्मी, बैस मोहम्मद, दिनेश ठाकुर, मेलन थापा र अरुण जानन्धर रहनुभएकाे छ ।
त्यसैगरी, समिर शेख, प्रवीन शर्मा, पुष्पनकुमारी जिसी, सुरज क्षेत्री, इरफान अहम्मद, अमित परियार, नरेन्द्र केसी, विष्णु श्रेष्ठ, ऋषिराम पौडेल, अरविन्द कान्दु, नवल शाह, इजहार वारिस, दीपेन्द्र श्रेष्ठ र राधेश्वाम कलवारलगायत रहुनभएकाे छ । ।