काठमाडाैं । नेपालसँग दौत्य सम्बन्ध गाँसिएका मुलुकहरुको सहयोगबाट नै नेपालको तीव्र विकास सम्भव छ । सहयोगको लागी सरकारले वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ ।
विश्व राजनीतिमा कतारको उपस्थिति बलियो छ । कतारको यो उपस्थितिलाई बलियो गरी उभ्याउनुमा नेपालको समेत भूमिका भएको कतारले नै बताउने गरेकाे छ ।
नेपालले सहयोग गरेका विदेशी राष्ट्रहरु नेपालको विकासमा समेत सामेल हुनेमा कतारको विकासमा प्रत्यक्ष सहभागी नेपालीहरु विश्वस्त छन् । त्यस्तै कतारमा बसेर लामो समय कार्य गर्नुभएका प्रा मोहम्मद रमजान अली मियाँले पनि आफ्नो पुस्तक 'मैले देखेको कतार' मा त्यस्तै बताउनुहुन्छ ।
मैले देखेको कतार पुस्तकको लोकार्पण गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशी मित्र राष्ट्रहरुले पुँजीको लगानी र प्रविधि सहयोग गरेर नेपालको विकासमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
ओमनका लागि पूर्व राजदूत डा शर्मिला पराजुली ढकालले आफ्नो राजदूतको कार्यकालमा सबै विदेशी राष्ट्रहरु नेपालप्रति सकारात्मक भएको अनुभव बताउँदै नेपालले आफ्नो विकासमा विदेशी राष्ट्रहरुको सहयोग लिन ढिला गर्न नहुने बताउनुभयो ।
त्यस्तै, वरिष्ठ पत्रकार एवं पुस्तकका सम्पादक टंक पन्तले लेखक मियाँको पुस्तक मैले देखेको कतारले अन्तर्राष्ट्रिय कुटनीतिको पाटोलाई समेत उजागर गर्दै राष्ट्र विकासमा त्यसको व्यावहारिक प्रयोगलाई आह्वान गरेको बताउनुभयाे ।
घोस्ट राइटिङ नेपालले बजारमा ल्याएको लेखक मियाँको पुस्तक मैले देखेको कतारलाई उपराष्ट्रपति नन्दबहादुर पुनले लोकार्पण गर्नुभएको हो । लोकार्पण समारोहमा प्रकाशनका अध्यक्ष कमल ढकाल, राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी लगाएतकाे उपस्थिति थियो ।