–लक्ष्मीप्रसाद देवकोटा
मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो । मैले गोसाईधान यात्रामा पहाडहरू देखेको थिएँ , तर पहाडी जीवन देखेको थिइन । बाटामा जो देखियो सो प्रतिविम्बित थिएन । एक दुई झुप्रा , एक दुई बजार , अरू वन , पहाड , बाटोसिवाय देखिएन । माथिमाथि त मनुष्य चरोम कहिले लेक , कहिले बेंसी गर्ने जीवन लिंदा रहेछन् र जहाँ कटेरो र भेंडाहरू रहन्थे उहाँ हिउँदमा खालि तुसारोको निष्कण्टक राज्य मात्र रहने हुँदो रहेछ । अर्को ठाउँमा मैले एउटा आलटाले झोपडीमा सिस्नु पकाएर बच्चालाई खुवाउँदी आमालाई सोधे , तिमीहरू यहीं बस्तछौ ? उसले जवाफ दिई–हिउँदमा यहाँ जमिनै देखिन्न । केटाकेटीहरू उसिनेको सिस्नोसँग ढिंडो खान लागेका थिए, काँढाहरू अलिकति ताताले मर्दा रहेछन् । तैपनि मानिसहरूको अन्ननलीमा त्यस्तो काँढादार पदार्थले कुकुल्ढुक गर्ने विंडो धुवाँलाई पुलिसको काम दिएको देख्ता मलाई साह्रै नै दयनीय दृश्य देखेको लाग्यो। ती केटाकेटीहरू दुब्ला, ख्याउटे, रातोमाटे रोगनको चिथ्रादार बाउन्न जातिका हाडे माछाका नमुनाकै अज्ञानको जकडमा आश्चर्यदार आँखा उठाएर मलाई हेर्दथे। तिनको निम्ति जीवनमा या धूलोमा खेल्नु थियो । आमा रहुन्जेल माग्नेभन्दा एक कक्षामा रहने जस्ता थिए मलाई मनमा लाग्यो कि यी बिचरा बोटबिरुवाहरूलाई कठ्याङ्ग्रिदो, फूल खंग्रचाउने तुषारमय अज्ञान दारिद्रयबाट निकालेर आफ्नो घरमा लैजाऊँ र विशाल संसारको सभ्य चमत्कृति र जीवनको होश अलिकति हालिदिऊँ । मलाई अक्सर त्यस्ता शिशुहरू बटुल्न या तालीम गर्न मन लाग्दछ, जो टुहुरा, मरन्च्याँसे र ज्यादा जङ्गली हुन्छन् । तिनको भविष्यनिर्माणको सम्भावनामा उपन्यास बनेजस्तो देख्दछु र मलाई तिनको संस्कृत आत्माहरूले प्रतिभाशाली उन्नतिमा देखाउने कृतज्ञताभन्दा ठूलो प्राप्ति दुनियाँमा अरू लाग्दैन । तर समय र आकाशलाई मानवसङ्कल्पहरूले हरहमेसा धिक्कारिरहेकै छन् र मैले तिनलाई सोधेसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई बढाउन सकिनँ ।
म बाटामा तरङ्ग गर्दै जान लागेँ। यो तुसाराको विशाल शासनमा जहाँ मानवता नै अन्धो हुन्छ र कठ्याइग्रिन्छ, जहाँ जीवन धूलोमा उम्रिन्छ र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा मिल्दछ, जहाँ खानु, खोखनुभन्दा ठूलो समस्या छैन, जहाँ घरको नाममा चार–चार घोचा र सुकेका भारले दुई(चार महिने छत हुन्छ, समाजको नाममा चारजनाको जुटाइसिवाय अरू केही छैन । त्यस्ता ठाउँमा पनि मनुष्य सरुवा, डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिडिरहेछ। उसको निमित्त संसार कन्जुस छ, प्रकृति मक्खीचुस छिन्। पृथ्वीले करवलले सिस्नु र मकै दिन्छिन् । यस्तो ठाउँमा मनुष्य किन आयो होला ? केको मजाले ? जुन आनन्द खालि काँढा खान, खालि तुसारोले चिथोरेको थोरै पातहरू उभिन, हावाका दाहा अगाडि ठक्ठक्याउन, बिजोग देखाउन । पिडौला कहिले पनि नछोपिने शिशुहरू निरक्षर बनेर जङ्गली जनावर नात्तछन् र जीवन भन्नु खालि कुकुल्ढुक र रातोमाटे गाँड बढाउने यति सिवाय केही देखिन्न ।
मैला चिथरा चेहराहरूले विजोग देखाइरहेछन् र तिनमा साँग्राको लक्षण र न्यूनता छ। मेरो आँगमा ४० रु को नीलो काश्मीराको कोट थियो, ती आंगहरू झ्याङप्वाल थिए। म तीस रुपियाँको सिलिस्किनको टोपी लगाउयें तर ती खप्परहरू टुपी देखाउने चिथरे घेरालाई शिरपोश बनाउँथे । मलाई यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ। जीवनको नवीनतालाई अध्ययनलाई, तिनका सुधारलाई, तिनलाई जीवन सिकाउनलाई म एकजना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अंध्यारो हृदयलाई उज्यालो पुयाउने थिएँ। कति कुरा आफै थाहा पाउने थिएँ। त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको आनन्द मिल्दथ्यो र सायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिका हृदयनजिक पुगेर पछि संसारसामुन्ने केही सच्चाइले बोल्न सबने हुन्थेँ। सायद ईश्वरले मलाई केही अंशमा छोएर धर्मराउँदा सभ्यतालाई ठीक बाटोमा लागेर मानवजाति स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए। बी ए पास भएर सुधारकहरू तुरही हुन्छन्, योगी हुँदैनन् । उनीहरू भीडलगाडि गर्जन्छन्, तर कुना काप्चा र अखबारले नोटिस नलिने ठाउँमा बसेर निष्काम भावले अविचलित आनन्दसँग मौन सेवा गर्न चाहँदैनन्, उनीहरू ढोलक पिट्न चाहन्छन् ठूलो हुनु र भँगेराको टाउकाजत्रा अक्षरमा नाम चढाइमाग्नु उनको ध्येय हुन्छ, नकि सुधार यदि म यस्ता ठाउँमा यिनीहरूसँग बस्न र काम गर्न पाऊँ, म कति मूल्यको बन्दयें। कमसेकम आफ्नै नजरमा एक जन्तुलाई विशाल जीवनको राम्रो होस दिन पाए, म एक नवजीवन संसारको स्रष्टा आफूलाई मान्दथे । त्यहाँ जीवनलाई रेखा दिनु रङ्ग दिनु, विकास दिनु प्रशस्त थियो। आफै त्यस ठाउँमा घनिष्ठ प्रभावका रूपमा नघुसी त्यहाँ सुधार हुँदैनथ्यो। आहा । मैले सोचें, माविबाट ताराहरूले झल्का दिन्ये, म एकान्तमा स्वर्गका झिल्काहरू टिप्तयें र त्यहाँ जीवन(दीपावली बनाएर एउटा जीवनको जुवा खेल्ने थिएँ। म प्रकृतिको नजिक रहन्थेँ, विशाल र रहस्यमयका छेउमा र त्यहाँ मानवहृदयपटमा चित्रकारी सिक्त र यिनीहरूलाई संसारको उज्यालो देखाएर जीवनको मूल्य दिन्यें। मलाई एक गरिबलाई सर्वस्व दिन मन लाग्छ, अथवा कमसेकम दुईचार सय एकैपल्टमा त्यसको कृतज्ञता हेर्न । त्यसको सम्भावना हेर्न ।
मलाई यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ। जीवनको नवीनतालाई अध्ययनलाई, तिनका सुधारलाई, तिनलाई जीवन सिकाउनलाई म एकजना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अंध्यारो हृदयलाई उज्यालो पुयाउने थिएँ। कति कुरा आफै थाहा पाउने थिएँ। त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको आनन्द मिल्दथ्यो र सायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिका हृदयनजिक पुगेर पछि संसारसामुन्ने केही सच्चाइले बोल्न सबने हुन्थेँ।
मलाई पनि उही कमजोरी छँदै छ, जो अरू शिक्षित पुरुषहरू अनुभव गर्दछन्- समयको, स्थानको गृहस्थी बन्धनको इत्यादि। दुनियाँ हामी कमजोरउपर सदा प्रभावकारी छदै छ। हामी जित्न सक्तैनी, दुनियाँले जित्छ। हामी शक्ति बढाऊँ भनेर आत्मशक्ति व्यय गरिरहेछौं विनास भनेर दुःख पाइरहेछौं प्रसिद्धि भनेर सुधारलाई उधार बनाउँछौं। समयको बोलावट, स्थानको आह्वान र आत्माको आमन्त्रणलाई हामी कमजोर मनले पर पन्साउँछौं सदा उनान्सयबाट सयका त्रासमार साँग्रा कुराका पाशामा हामी त्यसै बिकम्मा भएर जान्छौं। एक जीवन बनाउनु एक संसार रच्नु छ, तैपनि हामी आफ्नै जीवन बनाउन खोजेर खाल्टामा पर्दछौं। मनमा राम्रो सङ्कल्प कहिले आए पनि हामी दबाउँछौं, किनकि यसलाई कार्य रूपमा परिणत गर्नु नै कठिनताको उकालो छ भन्ने हामीलाई महिले नै विशाल याद छ । यसैगरी आत्मा बेचिन्छन् र जो ईश्वर दीनका चेहराबाट पुकारिरहेथ्यो ऊ चाकेर आखिर मौन रहन्छ ।
सुधार त्यहाँबाट हुन सक्तैन जहाँ जीवन अक्षरको रेखासम्म चिन्न सक्तैन भन्नु हमेसा मूर्खता हो। तिनै स्वॉठिला ठाउँमा पनि, तिनै ढुङ्गादार क्षेत्रमा पनि हामी चमत्कार देखाउन सक्ने थियौं । त्यहाँका प्रतिभा पनि फुलेर आउँथे। कोदो अलि मीठो हुन्थ्यो, तीतेफापरमा अर्कै स्वाद आउने थियो, ढिंडोबाट पनि अर्कै ताकत । सिस्नाको रस पनि टोहलाएर पहाडपारिको दुनियाँमा चमत्कारहरूको सपना देख्तव्यो। प्रकृतिका किताब पढ्न मानिस चतुर बन्दथ्यो र त्यहाँ नेपाली हृदयको सत्य र सुन्दरको माधुर्य बुझेर लहराउथे, मानव कर्तव्य बुझ्दये, बच्चा जन्मिन्थे, जीवन अभिप्रायशील बन्दथ्यो, विशाल नेपालले स्पर्श गर्दथ्यो । म त त्यस्तो ठाउँमा एक सारङ्गी लिएर गीत गाउँथे, पृथ्वीनारायणका र पृथ्वीराज चौहानका धूलोमा अक्षर काट्ने थिएँ रूखका बोक्रामा चित्रहरू । बिहान र बेलुकाको स्वर्णदृश्यअगाडि घुँडा टेकेर, हात जोरेर, आँखामा आँसु भरेर ती पहाडी शिशुहरूलाई बोलीले नभेट्टाउने धर्म सिकाउने थिएँ। अनि रसायनको बोक्सी रसहरूले तिनीहरू चकित हुने थिए । भौतिकशास्त्रका झिलिमिली देखेर ती आँखा तर्कले भरिएर आउँथे, अनि ज्योतिषीले तिनीहरूलाई चित्रकुटीमा डुलाउथे, अनि कहानी सुनाइदिन्थेँ, कहिले हँसाउने, कहिले रुवाउने । पहाडका कया, सागरका कथा र सभ्यताका कथा । अनि कविताहरू सरलसरल ढङ्गमा सुनाइदिन्थे, तिनीहरू पग्लेर आउँथे र त्यसका प्रवाहमा आफै छन्द टिप्तै आफ्ना मनमा भावहरू प्रकाश गर्न सक्ने थिए । तिनीहरूलाई मुरली, सारी र प्राकृतिक तबरका बाजाहरू बनाइदिन्यें। म धाई हुन्थे, पहाडी शिशुहरू र तिनीहरू अतीतको कथामा कान लाउँदा-लाउँदै सुतेर प्राचीन बेबिलोन र सिकन्दरका सपना देख्तथे । यहाँ मेरो निमित्त जीवननिर्माणको आनन्द हुने थियो । उनीहरूको निमित्त फुल्लु फल्नु र फराकिलो हुनु। तर मेरो भाग्यमा यो दिइएको थिइन, म प्रेमचन्द्रको आत्माभन्दा धेरै सानो थिएँ म आदतको शिकार थिएँ, चलनको दास सङ्कल्पसम्म ईश्वरको निगाहले गरे तर कार्यमा पुन्याउन अनेक जीवनको परिष्कृतिविना आत्मालाई दिएको थिएन । मलाई घरले यता तान्दथ्यो, उता आदतले बच्चा र स्त्रीहरूका अनेक आवाज र रुवाइ हावामा खँदिलो हुन लागेको मैले देखें र शिक्षाको प्राकृतिक कमजोरी भन्ने आफूलाई सम्फेर अरू यात्रीहरूकै साथमा अगाडि बढ़ें।
मलाई यसपालिको यात्रा उस्तो केही मजा लागेन । आफ्ना वयोवृद्ध मान्यजनहरू साथमा थिए र आफ्नो उमेरका मिल्दा ठिटाहरू कम थिए। न उनीहरूमा प्रकृतिको अध्ययनलाई चाख थियो, न उनीहरूमा औपन्यासिकता नै थियो बाटामा कहिलेकहिले तरुनी भोटेनी भेटे जिस्कनु सिवाय न कुनै वनस्पतिज्ञ थिए, न कसैलाई सोझो बाटोबाट अलिकति यताउता वाहिन टेढिन मन लाग्दथ्यो । ठिमीले यात्राु भन्ने नाम म यसलाई दिन्छु-सरासर दुगन्यो ठाउँमा पुगेर सरासर फर्किएर आयो । प्राचीन ऋषिहरू यसरी जरुर यात्रा गर्दा होवैनन् । हामीलाई सधैँ फुरसतैको कमी छ। न केही गर्नुमा नै जीवन बित्छ, न केही देख्नुमा नै हामी वाहवाह पाउँछौं। एकदुई कुरा यसोउसो टिप्पणीसम्म कोही गर्दथे, तर ध्यान, भावना र प्रकृतिको सूक्ष्म अध्ययन उनीहरूमा शून्य थियो ।
मैले बाटामा एउटा भोटेनीहरूको नाच देखें जो बडो रमाइलो थियो। पुरुषहरूभन्दा स्त्रीहरू राम्रा गुलाफी राका, बलिया होलान्जस्तो देखिन्थे । तिनीहरू हसिला चेहराका, मङ्गोलियन कदका, साना दाँतका, राता राता, घिउ(घिउ गन्हाउने, रातो कोट र गन्जीजस्ता जामा लगाएका, पुड्कापुड्का ठिटीहरू थिए। तिनीहरू नाचेको निकै रमाइलो देखिन्थ्यो । खुट्टा हलुका तबरले बराबर उचाल्दै भादै बरावर हातले पनि शान गर्दै, मसिना सुरिलो स्वरले गीत गाउँथे तामाङ बोलीमा र एउटा भोटे सायद मुरली हो कि के बजाउँथ्यो र नाचतथ्यो। नृत्य नै तिनीहरूको कला र विलासको नाममा एउटा वरदान भएजस्तो बुझिन्थ्यो। अरू तवरले तिनीहरू गरिब थिए तर नृत्यमा वडा धनी र सुन्दर जस्ता देखिन्थे । यी नृत्यहरू प्राकृतिक थिए पहाडमा लहरा नाचे गुलाफी रङ्गका फूलहरू गालामा फुल्दथे। यहाँ कृत्रिमताको लेश थिएन, प्राकृतिक तबरले हाँस्तचे, प्राकृतिक तबरले नाचतथे बोल्दथे, त्यसै प्राकृतिक तबरले तर सब तबर राम्रो थियो र रसिलो खुट्टाका छिटा बलिया, कामका सिपालु तामाङ्नीहरू पहाड चढ्ने र ओर्लने आदतहरूमा नै नृत्यका अभ्यास पाउथे । यहाँ तिनीहरूलाई न दम चढ्दथ्यो न कसरत जस्तो लाग्दथ्यो र तिनका स्वरहरू मसिना, चराजस्ता थिए। पहाडमा जन्मेका र पहाडमा पढ्ख उम्रेका, नबुझिने तर मीठा ज्यादा अनुस्वार भएको स्वर थियो, मानौं( राङ्गा राजे तिप्लिङजोश ूएको सो झाँकेश जस्तो लहरो बडो छिटो सरल पहाडी जल ओर्लिए द्रुत लयमा खुट्टाका चालसँग मिलेर नाचिरहेको छ र तिनीहरू हाँस्तछन् मुसुमुसु, हामी नौला परदेशी देखेर मानौं जलका लहरीमा मुस्कान नाची(नाची खेलिरहेछ। वृन्दावन पुगेँ, तर उराठ धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन । तर यहाँ चढ़ें-धेरै उच्चतामा। यहाँ पहाडको भर्नादार काँधमा एउटा रमाइलो कुब्ज बनोस् त पूर्णचन्द्र उदाउँदाखेरि यिनीहरूसँग नाच्न कृष्णजी ओर्लिन्थे। तर अपशोच । कुन्ज यहाँ पनि छैन। चार, छ महिना मात्रको बास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन् र बराबर यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन् । नृत्य नै पहाडी जीवनको सभ्यता छ, नृत्य नै यसको प्राकृतिक चाल छ, मानिसका गोडा जल ओर्लिन्छन्, हावाझै चढ्दछन् र कामबाट फुरसत पाउनासाथ ती गोडा नाच्तछन् । पुराना पुराना गीतहरू मुरलीमा बज्दछन्, कोरस चल्दछ र श्रमको जीवन सङ्गीतमय बनेर सबै पहाडी चिडियाका स्वर मिले अविदित अर्थले गुनगुनाउन थाल्दछन् ।
यी शेर्पिनीहरू बडा राम्रा हुन्छन् र बलिया पनि । तर यिनीहरूमा सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गर्दैनन्, उस्तो नुहाउँदैनन्, वर्षमा एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना(साना झुप्रा बनाएर बस्तछन्, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा देखिन्छन् र बडा साधु देखिन्छन् । यद्यपि यिनीहरू उज्जण्ड, बडा डरलाग्दा, हरामज्यादा हुन्छन् रे भन्ने किंवदन्ती छ, यिनीहरूलाई नजिस्काउन्जेल केही गर्दैनन्, तर रिस उठेपछि यिनीहरू सोझाको भयङ्कर क्रोध देखाउँछन् ।
तर गोसाईंयानको यात्राबाट मात्र मैले पहाडी जीवन राम्ररी अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमीले तबरको थियो। पहाडी जीवनसँग अलि राम्रो परिचय मैले फिल्टुङमा पाएँ। बाटो बड़ो राम्रो थियो, सायद चैनपुरसम्म, त्यहाँपछि अलि खडबडाए पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू पहाडीहरूलाई एक दिनको बाटो। बाटामा उस्तो रमाइलो दृश्य केही देखिएन । महेश खोलाको लामो रेखा र एक दुई पहाडका रमणीय चित्रहरूसिवाय अरू चीज वर्णनीय मैले देखिनँ। सायद मेरो मनको अवस्था ठीक नभएको होला। कोल्पुखोला तरेर एउटा जङ्गल भएको पहाड चढ्यौ। झिल्टुङ भन्ने त्यहीं रहेछ ।
फिल्टुङ नामको पहाडमा ज्यादा बाहुनहरू बस्ता रहेछन्, त्रिशूली नदी तलतिर बहेको रमणीय दृश्य देखिँदो रहेछ । यसलाई बाहुनगाउँ भने पनि ढुङ्गाका एकतले घरहरू ज्यादा देखिन्छन्, खरले छाएका, काला झ्याल भएका, रातो माटो धेरैजसो पोतिएका, अलि खाइलाग्दा झोपडीहरूका ढोकाहरू बट्टा काटेर सजाइएका, पिँढीदार झोपडीहरू, तल्लो छानामा पाकेका फर्सीहरू पहेलिएर टम्म रहेका काँढादार वारहरूले बारिएका, भिराला खेतहरू र साना(साना बगैंचाजस्ता बारीहरू बनाएर जहाँ केराका बोटहरू, सुन्तला, भोगटेहरू देखिन्छन् र एकदुई ठाउँमा लिच्चीका बोटहरू पाइन्छन् । माटो अलि ढुगिलो र रातो किसिमको हुँदो रहेछ । हरेक घरमा गोठ देखिन्थ्यो, जसमा गाई, भैंसी, गोरु बाँधिएका देखिन्थे, कतै केही भेंडा र बाखीहरू पनि । तिनलाई चराउन साना(साना आठदस वर्षका छाउराहरू पनि निर्भीक तबरले हातमा लट्ठी लिएर धपाउँदै हिँड्थे ।
पोशाक पनि यहाँ आफ्नै किसिमको थियो। बाक्ला कोराका भोटाहरू पोशाकका प्रधान अङ्ग थिए र तिनीहरूमा नलीदार तुनाहरू सुर्काउने पारिएका देखिन्थे, त्यसउपर कोराको बाक्लो पटुका कसेर हावाको बचाउ गर्ने आदत देखिन्थ्यो, एउटा सेतो कोराको टोपी र घुँडासम्म आउने नै कोराको धोती, यत्तिले पोशाकको पूरापन चित्रण गर्न सकिन्छ । कोही-कोही लबेदा लाउथे-घरबुनाजस्तो कोठे रघुँडासम्म पुग्ने स्वास्नीमान्छेहरू छिटको ज्यादा प्रयोग गर्दछन् र रातोको रुचि गर्दछन् । एक आठ कपाल ज्यादा बाट्ने गर्दछन् र काम गर्दा घुँडासम्म फरिया उचालिने गरेर बाक्ला पटुकाले बेर्ने गर्दछन्, डोको बोकेर घाँस काटेर वस्तुलाई खुवाउने गर्दछन् । अक्सर स्वास्नीमान्छेहरूको बदला यो काम लोग्नेमान्छेको हातबाट हुन्छ तर लोग्नेमान्छे नभएको बेलामा अथवा उनीहरूले काम नभ्याएको बेलामा स्वास्नीमान्छेहरू नै अगाडि सर्दछन् । स्त्रीहरूको अरू काम बढार्ने, पनेरामा गएर पानी ल्याउने, भकारो सोहोर्ने, बिस्कुन सुकाउने, ढिकी चलाउने, जाँतो पिध्ने र भात पकाउने हुन्छ । स्त्रीहरू बडा बलिया-बाङ्गा र कामले गठिला हुन्छन्। लोग्नेमानिसहरू बराबर सहर जाने, तेल, कपडा, नून किनमेल गर्ने गर्दछन् र घरमा बस्ता गाई, भैंसी फुने, गोठाला जाने काममा लाग्दछन् । कामबाट फुर्सत मिलेपछि पिँढीमा बसेर हुक्का टुरटुराउँदै गफ गर्दै रहन्छन्, छिमेकीहरूको मामलो, बन्दव्यापार, मुद्दा र झगडाहरूमा टीकाटिप्पणी गर्दछन् र एक्लै भए भने भानुभक्तको रामायण लिएर फलाक्ने गर्दछन्।
स्त्रीहरूको अरू काम बढार्ने, पनेरामा गएर पानी ल्याउने, भकारो सोहोर्ने, बिस्कुन सुकाउने, ढिकी चलाउने, जाँतो पिध्ने र भात पकाउने हुन्छ । स्त्रीहरू बडा बलिया-बाङ्गा र कामले गठिला हुन्छन्। लोग्नेमानिसहरू बराबर सहर जाने, तेल, कपडा, नून किनमेल गर्ने गर्दछन् र घरमा बस्ता गाई, भैंसी फुने, गोठाला जाने काममा लाग्दछन् ।
एउटा चौतारो छ। ठूलो बरको हाँगादार-बोटलाई इँटले बारेर बाटुलो पिँढी उठाएको छ र त्यसका छहारीमा ती पहाडीहरू बस्तछन् र मध्याह्नको धूपबाट बचाउ लिन्छन् । त्यहाँ कहिलेकहिले नाच र गान पनि चल्दछ। कोही गाउँखाने कथा हाल्छन्, कोही मुरली बजाउँछन्, जब गाईभैसीहरू यताउति चरिरहेका छन् । यहाँ केटाकेटीहरूलाई पढ्नको उस्तो जरुरत देखिदैन र यिनीहरू पढ्नुभन्दा कामलाई नै ज्यादा रुचाउँछन्। बराबर यहीं वरमुनि लुकामारी खेल्दछन्, नाच्तछन् र गीत गाउँछन् । केटाकेटीहरू दूध दुहुने, भैंसी चराउने, घाँस काट्ने काममा बहुत चतुर हुन्छन् ।
यहाँ पानीको कमी छ । एउटा पहाडको कुनामा ढुङ्गा रसाएको जस्तो सानो कुवा छ, खोक्रो ढुङ्गामा पानी रसाएर भरिएको पानी बहुत निर्मल छ, सारा फिल्टुङलाई त्यसैले पुयाउँछ, तर दुई हात गहिरो छैन ।
मिन्टुङ शान्त छ, सोझो छ, लगरीभगरीबाट दूर छ, चाहिने कुरा फलाउँछ, शान-स्वाफमा विश्वास गदैन, सीधासाधा जीवन नै आर्यको आदर्श देख्तछ, सब विश्वास, श्रद्धा, भक्ति र सनातन रीतिस्थितिमा अडेको छ । ब्राह्मणहरू यहाँ गोठाला र किसान रूपमा रहन्छन् । यिनीहरू अरू तलासभन्दा पृथ्वीलाई कोर्नु, बाट्नु, सिँगार्नु नै निको मान्दछन् । गठिलो शरीर, तन्दुरुस्ती र ऋणमा नडुब्नु नै यिनलाई जीवनजस्तो लाग्दछ । यिनीहरू आफ्नै हातले उमार्दछन्, गोड्दछन, फलाउँछन् र खान्छन् । आफ्ना आफ्ना टुक्रामा आफ्नो-आफ्नो किस्मत गर्नु नै मुख्य ध्येय छ। दुहिलो भिरालो पहाडको छातीबाट यिनीहरू आफ्ना चाहिंदा चीजहरू निकाल्दछन् । यिनीहरूलाई खरखुसामद झूटा बाङ्गा चालको जरूरत छैन । आफ्ना आफ्ना टुक्रालाई सानो स्वर्गसमान बनाएका छन्, कोरीबाटी सिँगारी र यो आत्मसन्तोषी सौन्दर्यको उचाइमा उनीहरू दृढविश्वास सच्चा नेपाली पहाडका पुत्र बनेर आर्यसम्यताको नमुना देखाउँछन् ।
यहाँ सहरको झिलीमिली छैन, न घर्घराहट, जसले मानवताको कलपुर्जाहरू थर्थराउँदै घर्घराउँदै जीवनको प्राकृतिक आर्यपना खल्बल्याउँछ, यहाँ कृत्रिमता छैन, जसले मनुष्यआत्माउपर अत्याचार गर्दछ, जीवन प्राकृतिक चाल रसिलो, फराकिलो, खानामा विष हालिदैन, पहाडको दूध पोषिलो छ, यद्यपि दुहुन गाह्रो होस्। आलस्यको निमित्त अवकाश छैन, काम नगरी खान कसैको बुता हुँदैन, पृथ्वीमाता दूध दुहुनुभन्दा प्राकृतिक कार्य अरू केही बुझिन्न र यो उच्च हावामा त्रिशूलीको शान्त प्रवाहउपर बसेका यी ब्राह्मणजाति स्वर्गका देवताहरूको नमुनाको रूपमा देखिन्छन् ।
आलस्यको निमित्त अवकाश छैन, काम नगरी खान कसैको बुता हुँदैन, पृथ्वीमाता दूध दुहुनुभन्दा प्राकृतिक कार्य अरू केही बुझिन्न र यो उच्च हावामा त्रिशूलीको शान्त प्रवाहउपर बसेका यी ब्राह्मणजाति स्वर्गका देवताहरूको नमुनाको रूपमा देखिन्छन् ।
यहाँ टुना, मन्त्र, मोहनी, जन्त्र, जादू, भारफुक, धामी, वीर इत्यादिमा ज्यादा विश्वास देखिन्छ । धार्मिक कल्पनाले गर्दा विरामीलाई विगारसम्म सम्बन्धित गराएर शरीरजन्य रोगलाई पनि मानसिक विकारका रूपमा हेर्ने गर्दछन्, यो अन्धविश्वाससँग सम्बन्ध राख्छ तापनि म त्यसलाई विविध अध्ययन पाउँछु । मानव-विश्वास, चलनरीति र रिवाज कति प्रभावकारी हुन्छन् । त्यस कुराको विषयमा प्रशस्त गौढ गर्न भेट्टाउँछु । यहाँ न्यूमोनिया छैन, थाइसिस भए पनि बिगारको रूपमा, विश्वासको भरमा, ईश्वरपुकारा, पूजा, मन्त्र आदिबाटै पन्छाइन्छ। खुट्टामा घाउ लागे पनि मानिस फुक्ता रहेछन् र मानसिक क्रियाहरूद्वारा धेरै चमत्कार पनि देखिँदो रहेछ र जहाँ विश्वास हावामा रहेको पत्यार काम गर्छ त्यहाँ हामीजस्तो वैज्ञानिकलाई उस्तो प्रभाव गर्न सक्तो रहेनछ ।
यो ठाउँ वेदको केन्द्र बनोस, वैदिक सभ्यतासँग यहाँको आधुनिक सभ्यताले सम्बन्ध राख्तछ । खुला पाठशाला हुँदा ध्यानलाई प्रशस्त अवकाश पाइन्छ, शान्त उँचा जग्गामा प्रशस्त उन्नति हुन सक्तछ । यो आदर्श आर्यग्रामको सम्बन्धित रहोस्। विज्ञानमा भन्दा ज्यादा विश्वास र श्रद्धालु कल्पनामा जोड दिएर मानवजीवनको प्रगतिको अध्ययन होस् । सादा जीवन र उच्च विचारको आदर्शमा यसको उन्नति होस्, यसका अभावहरू मेटिऊन्, सानो स्वर्ग बनोस् ।
( महाकवि देवकोटा लिखित पहाडी जीवन नियात्राशैलीको प्रकृतिप्रधान निबन्ध हो । काठमाडैंदेखि उत्तरको गोसाइँकुण्ड र झिल्टुङको यात्रानुभूति यस निबन्धको विषयवस्तु रहेको छ। पहाडी ग्रामीण जीवनको सामीप्यमा पाइने पौराणिक आदर्श अनि जीवनका सांस्कृतिक र प्राकृत सम्पन्नतालाई निबन्धको सेरोफेरोमा बाँधिएको पाइन्छ। सरल तर महान्, सरस तथा ऐतिहासिक निबन्धका रूपमा रहेको पहाडी जीवन निबन्ध देवकोटाको ११३ औं जन्मजयन्तीका सन्दर्भमा साभार प्रकाशन गरेका हौं )