सन् २००१ मा विश्व व्यापार संगठन (डब्लुटीओ) आबद्ध भएपछि चीनको अर्थतन्त्र विकासका लागि कोसेढुङ्गा साबित नै भयो र दोस्रो दशक यता चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकमा परिवर्तन भयो । डब्लुटीओमा प्रवेश गरेपछि चीनलाइ मात्रै फाइदा भएन, स्वतन्त्र तथा उदारीकरण विश्वव्यापीकरणलाई मान्यता दिएको सवा अर्ब जनसंख्या भएको चिनियाँ बजारमा अन्य देश विशेष गरी अमेरिका र युरोपको उत्पादनको सहज पहुँच भयो ।
विगत २० वर्षमा विश्व आर्थिक वृद्धिमा औसतमा लगभग ३० प्रतिशत योगदान पुर्याएको चीनले अहिले विश्वको सबैभन्दा ठूलो मध्यम आय भएको जनसंख्याको मुलुक बन्न पुगेको छ । १२० भन्दा बढी देशहरू लागि एक प्रमुख व्यापार साझेदार हो । जसमध्ये युरोपेली संघ र दक्षिणपूर्वी एशियाली राष्ट्रहरू संग सबैभन्दा ठूलो व्यापार साझेदार हो ।
एक आधिकारिक तथ्यांकका अनुसार यस वर्षको पहिलो आठ महिनामा अमेरिकामा चिनियाँ निर्यात घट्नुको सट्टा वार्षिक रूपमा २२.७ प्रतिशतले बढेको पाइएको छ । यसैबीच फोर्ब्स म्यागजिनका अनुसार २०२० मा सबै अमेरिकी आयातीत सामानको १९ प्रतिशत चीनबाट भएको थियो । जुन कुनै पनि व्यापारिक साझेदारहरूमध्ये सबैभन्दा बढी हो ।
बढ्दो चीन–अमेरिकी व्यापारले अमेरिकी घरपरिवारमा पुर्याएका फाइदा सबै दुनियाँलाई थाहा छ । चीनको वाणिज्य मन्त्रालयको अनुसार प्रत्येक अमेरिकी परिवारले यस द्विपक्षीय व्यापारबाट प्रति वर्ष ८५० डलर बचत गर्न सक्ने बताएको छ । बत्तीदेखि बर्थडे मैनबत्तीसम्म, फ्लिप–फ्लपदेखि माउस ट्र्यापसम्म, “मेड इन चाइना“ सामानहरू प्राय अमेरिकी घरपरिवारहरूको दैनिक जीवनको अपरिहार्य अंश बनेका छन् ।
बत्तीदेखि बर्थडे मैनबत्तीसम्म, फ्लिप–फ्लपदेखि माउस ट्र्यापसम्म, “मेड इन चाइना“ सामानहरू प्राय अमेरिकी घरपरिवारहरूको दैनिक जीवनको अपरिहार्य अंश बनेका छन् ।
चीनसँगको व्यापार घाटाले अमेरिकी अर्थतन्त्र कमजोर भयो भन्दै अमेरिकाले नोभेम्बर २०१९ मा चीनको आयातमा एकतर्फी निर्णय गरेर व्यापारिक शुल्क बढाए पनि १९० भन्दा बढी अमेरिकी उद्यमहरूले सांघाईमा आयोजित दोस्रो चाइना इन्टरनेशनल इम्पोर्ट एक्सपो (सीआईआईई) मा सहभागिता जनाए । उक्त एक्सपोको प्रतिनिधिमण्डलमा जनरल इलेक्ट्रिक कम्पनी र क्वालकम जस्ता ठूला नाम थिए ।
पहिलो र दुई संस्करणको एक्स्पोमा भाग लिने विश्वका शीर्ष ५०० कम्पनीहरू र ठूला उद्योगपतिमध्ये ७० प्रतिशत गत वर्षको तेस्रो (सीआईआईई) मा पुन भाग लिएका थिए, जसमा प्रख्यात कम्पनि फोर्ड, लुइस ड्रेफस र रोचे लगायत थिए ।
यस वर्षको बिहीबारदेखि शुरु चौथो सीआईआईईको कुल प्रदर्शनी क्षेत्रलाई थप विस्तार गरी ३६६,००० वर्ग मिटरमा पुर्याएको छ । पछिल्ला एक्सपोहरूमा जत्तिकै वा त्योभन्दा बढी संख्यामा संयुक्त राज्य अमेरिका, जापान, जर्मनी, फ्रान्स र संयुक्त अधिराज्यबाट प्रदर्शकहरू आउनेछन् र उनीहरूको बुथ क्षेत्रफलमा पनि त्यसै अनुसारको वृद्धि हुनेछ ।
यस प्रदर्शनीमा ३३ अल्पविकसित देशका लगभग ९० उद्यमहरूले भाग लिएका छन् । जसमा उनीहरूको विशेष वस्तुहरूको ठूलो संख्या प्रदर्शन गरी चीनको बजारमा प्रवेश गर्ने कोशिस गर्ने छन् ।
सन् २००१ मा चीनले आफ्नो विकास लाभांश विश्वसँग बाँड्न र विश्वव्यापी आर्थिक वृद्धिलाई विस्तार गर्न राष्ट्रिय स्तरमा विश्वको पहिलो आयात एक्स्पो आयोजना गर्ने छ भनेर कम मानिसहरूले मात्रै कल्पना गरेका थिए ।
चीनको बढ्दो प्रभाव र विश्वसनीयता उसले विश्व व्यापार संगठनको विश्वसनीय सदस्यका रुपमा निभाएको भूमिका र भूमण्डलीकरण एवम् समावेशी विकासप्रति उसको प्रतिबद्धताले साबित गर्दछ ।
विश्व व्यापार संगठनप्रतिको प्रतिबद्धताको कार्यान्वयन
विश्व व्यापार संगठनमा प्रवेश पाएसँगै चीनले संगठनलाई जनाएको प्रतिबद्धताभन्दा बढी नै काम गरिसकेको छ जसको प्रसंसा संगठनका महानिर्देशक र सदस्य राष्ट्रहरूले गर्दै आएका छन् ।
२० वर्षअघि चीनले विश्व व्यापार संगठन प्रवेश गर्दैगर्दा आयातकर १५.३ प्रतिशतबाट ९.८ प्रतिशतमा झार्ने भनी जनाएको प्रतिबद्धता पूरा भएको छ । हाल चीनको आयातकर ७.४ प्रतिशतको हाराहारी छ, जुन विकासोन्मुख राष्ट्रहरूको औसत आयातकरभन्दा कम हुँदै गर्दा विकसित राष्ट्रहरूको औसत आयातकरतर्फ उन्मुख छ ।
चीनले अन्तर्राष्ट्रिय व्यापारमा असहजता उत्पन्न गर्ने आयातकर बाहेकका अन्य बाधालाई पनि हटाएको छ । यसै क्रममा चीनले सन् २००५ को जनवरी सम्ममा ४ सय २४ किसिमका त्यस्ता बाधाहरू हटाएको थियो ।
सेवा व्यापारको हकमा चीनले २००७ सम्ममा ९ व्यापार क्षेत्रका १०० भन्दा बढी उपक्षेत्रको बजार खुला बनाउने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धताभन्दा अघि बढ्दै चीनले १२० त्यस्ता उपक्षेत्रको बजार खुला बनाएको थियो ।
सेवा व्यापारको हकमा चीनले २००७ सम्ममा ९ व्यापार क्षेत्रका १०० भन्दा बढी उपक्षेत्रको बजार खुला बनाउने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धताभन्दा अघि बढ्दै चीनले १२० त्यस्ता उपक्षेत्रको बजार खुला बनाएको थियो ।
स्वदेशी कम्पनीको बाहिरी देशमा प्रत्यक्ष लगानीका हिसाबले चीन विश्व व्यापार संगठनको सदस्य भएयता २६ औँबाट तेस्रो स्थानमा उक्लिएको छ । त्यस किसिमको लगानी प्राप्त गर्ने देशहरूमा सो लगानीले तीव्र प्राविधिक सुधार र आर्थिक विकास ल्याउनुका साथै रोजगार सिर्जना गरेर स्थानीयहरूको जीवनस्तर उकासेको छ ।
सीपयुक्त जनशक्ति, पूर्वाधार र उत्पादन प्रणालीको राम्रो व्यवस्था भएका कारण चीनले विश्व व्यापार संगठनको सदस्य भएयता उपभोग्य वस्तुको उत्पादनमा मुख्य भूमिका खेलेको छ । चीनको निर्यातले संसारभरका मानिस र व्यापारलाई उच्च श्रेणीको सामग्री कम मूल्यमा उपलब्ध गराएको छ ।
चीनको गतिविधिले ऊ विकासोन्मुख राष्ट्रहरूलाई सघाउन तत्पर रहेको देखाएको छ । पछिल्ला वर्षहरूमा चीन अतिकम विकसित राष्ट्रहरूको उत्पादनका लागि सबैभन्दा ठूलो बजार बनेको छ। ती राष्ट्रहरूको कूल निर्यातको २० प्रतिशतका लागि चीन बजार बन्न पुगेको छ ।
साझा समृद्धिका लागि प्रयास
चीन विश्वलाई खुलारुपमा अंगाल्न चाहन्छ र वैश्विक विकासका लागि आवश्यक सार्वजनिक सम्पत्ति उपलब्ध गराउन चाहन्छ ।
संसारभरका १ सय ७० भन्दा बढी देशसँग २०० भन्दा बढी सहकार्य सहमति भइसकेको चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड इनिसियेटिभ (बिआरआई) पछिल्लो ८ वर्षमा सर्वाधिक ठूलो अन्तर्राष्ट्रिय सहकार्य मञ्च एवम् सार्वजनिक सम्पत्ति बन्न पुगेको छ ।
व्यापारिक संरक्षण (ट्रेड प्रोटेक्सनिजम) को दबदबाका बाबजुद पनि चीन खुला सहकार्य मञ्च बनाउन लागिपरेको छ । ‘चाइना इन्टरनेशनल फेयर फर ट्रेड इन सर्भिसेज’, ‘चाइना इन्टरनेशनल कन्ज्युमर प्रोडक्ट एक्सपो’ र आउँदै गरेको ‘चाइना इन्टरनेशनल इम्पोर्ट एक्सपो’ जस्ता खुला मञ्चहरूको शुरुवात र सञ्चालनले अन्तराष्ट्रिय व्यापारलाई गति दिएर वैश्विक अर्थतन्त्रलाई टेवा पुर्याएको छ ।
आफ्ना द्वारहरू खुला राख्न र आफ्नो बजारलाई थप सुलभ बनाउन चीन गम्भीर रहेको देखिन्छ । विदेशी लगानीकर्तालाई करमा छुट दिने, कर छुट भएका सेवाहरूको सूची निकाल्ने र वैदेशिक लगानीका लागि खुला रहेका क्षेत्रहरूको संख्या बढाउने प्रतिबद्धता चीनले जनाइसकेको छ ।
वैदेशिक कम्पनीहरू चीनमा उपस्थिति भएर फाइदा पाएका छन् र थप लगानीका लागि अग्रसर भएर वातावरणप्रति समर्थन जनाएका छन् । विद्युतिय कार उत्पादक कम्पनि ‘टेस्ला’ले चीनको सांघाइमा रहेको पहिलो अन्तर्राष्ट्रिय प्लान्ट गिगाफ्याक्ट्रीलाई प्रमुख निर्यात विन्दु बनाउने जनाएको छ ।
तथापी, अगाडिको यात्रा निकै सहज भने देखिँदैन। भूमण्डलीकरणमा ह्राँस, चलिरहेको महामारी र जलवायु परिवर्तनका कारण विश्वका अगाडि यस्ता चुनौतिहरू देखा परेका छन् जसले संसारको विकासलाई नै अधोगतितर्फ धकेलेको छ ।
भर्खरै समापन भएको ‘जि–२०’ सम्मेलनमा चीनले साझा चुनौतिहरूप्रति प्रतिकृया जनाउँदै असल बहुपक्षीयताको अभ्यास गर्न, आर्थिक नीतिमा समन्वय बढाउन र विकासोन्मुख राष्ट्रहरूमा नकारात्मक प्रभाव घटाउन जिम्मेवार आर्थिक नीति अपनाउनु पर्नेमा जोड दिएको थियो ।
भर्खरै समापन भएको ‘जि–२०’ सम्मेलनमा चीनले साझा चुनौतिहरूप्रति प्रतिकृया जनाउँदै असल बहुपक्षीयताको अभ्यास गर्न, आर्थिक नीतिमा समन्वय बढाउन र विकासोन्मुख राष्ट्रहरूमा नकारात्मक प्रभाव घटाउन जिम्मेवार आर्थिक नीति अपनाउनु पर्नेमा जोड दिएको थियो ।
हरित, न्यून कार्बन सहितको र दिगो विकासको खोजीमा चीनले सन् २०३० पछि आफ्नो कार्बन उत्सर्जन बढ्न नदिने र सन् २०६० भित्र कार्बन तटस्थता प्राप्त गर्ने लक्ष्य लिएको छ र त्यसै अनुसार विकसित मुलुकहरूले विकासोन्मुख मुलुकहरूलाई जलवायु परिवर्तनसँग जुध्न जनाएको आर्थिक प्रतिबद्धता पूरा गर्न आग्ह गर्दै आएको छ ।
विभिन्न उतारचढावका बाबजुद पछिल्ला दुई दशकमा धेरै उपलब्धीहरू हासिल भएका छन् । वैश्विक उन्नतिको चालक एवम् बहुपक्षियताको वकालत गर्ने चीनबाट अझै धेरै अपेक्षा गर्ने ठाउँ छ ।
फेब्रुअरी २२, २०२१ मा उत्तरी चीनको तियाजिङ नगरपालिकास्थित तियान्जिङ बन्दरगाहमा कन्टेनर भेसल प्रवेश गर्दै गरेको हवाइ तस्वीर । (सिन्ह्वा / झाओ जिसुओ)
अक्टोबर २३, २०२१ मा लिइएको यस फोटोमा चीनको सांघाइस्थित ‘नेसनल एक्सिबिसन एण्ड कन्भेन्सन सेन्टरको दक्षिणी भाग देख्न सकिन्छ । यो चौँथो चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो आयोजनाको मुख्य स्थल थियो । (तस्बिर: सिन्वा / झाओ जिसुओ)
सेप्टेम्वर ४, २०२१ मा बेइजिंगमा आयोजना भएको चाइना इन्टरनेशनल फेयर फर ट्रेड इन सर्भिसेजको यान्चुन इन्टरचेन्जमा बालुवाको टेबल मोडल हेर्दै भ्रमणकर्ताहरू। (तस्बिर : सिन्वा/चेन येहुवा)
मे ४,२०२१ मा लिइएका दक्षिण चीनको हाइनान प्रन्तको राजधानी हाइकोउ सहरको हवाइ तस्वीर । यो ठाउँ बिआरआईको माहत्वपूर्ण विन्दू हो। (तस्बिर : सिन्वा/झाङ लिउन)