प्रेम यादव
रौतहट । तराईवासी हिन्दूहरुको सबैभन्दा ठूलो र पवित्र पर्व छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । एकदमै कडा धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व आज बाट शुरु भएको हो ।
हिन्दू धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कार्तिक र चैत्रमा निष्ठापूर्वक मनाइन्छ । कार्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने सूर्य उपासनाको यस चाडलाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा महापर्व पनि भनिन्छ ।
छठ पूजाको आज पहिलो दिन व्रतालुहरु नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका साम्रगी तयार गरिरहेका छन् । आजको यो दिनलाई स्थानीय भाषामा नहाय खाय (नुहाएर चोखो खाने) भन्ने गरिन्छ । छठ ब्रत बस्ने महिलाहरुले आज चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाने गर्छन् ।
दोश्रो दिन अर्थात भोलि मंगलवार व्रतालुहरुले खरना मनाउने छन् जसमा ब्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने छन् र त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार ब्रत शुरु हुनेछ । यस अवधिमा ब्रतालुहरु पानि समेत नखाई सूर्य भक्तिमा लीन भइ बस्छन् ।
महापर्व छठ अन्तर्गत बुधवार बेलुका अस्ताउदै गरेको सूर्यलाई अर्घ दिइने छ भने बिहीवार बिहान उदयमान सूर्यलाई विधि पूर्वक अर्घ दिएपछि चार दिनको लोकआश्थाको महापर्व विधिवत रुपमा सकिने छ ।
छठका कारण रौतहटका प्रमुख तथा ग्रामिण बजारहरुमा समेत चहलपहल बढेको छ । कपडा, खाद्यान्न तथा फलफुलका पसलहरुमा ग्राहकको भीड देखिन्छ । यसैगरी घरभन्दा टाढा बाहिर रहेका परिवारजनका सदस्यहरु पनि घर फर्किने क्रम शुरु भएको छ । छठ पर्वले गर्दा रौतहटका प्रमुख बजारहरु चन्द्रनिगाहपुर, गरुडा, कटहरीया, शिवनगर र सदरमुकाम गौरमा व्रतालुहरुको चहलपहल निकै बढेको छ ।
पूजा तयारी अन्तिम चरणमा
छठ पर्वले गर्दा रौतहटका प्रमुख बजारहरु चन्द्रनिगाहपुर, गरुडा, कटहरीया, शिवनगर र सदरमुकाम गौरमा ब्रतालुहरुको चहलपहल निकै बढेको छ ।
लताकपडा, मिठाइ, फलफूल पसलहरुमा भीड बढेको छ भने पूजाका आवश्यक सामग्रीहरुको मोल पनि यति बेला आकासिएको छ । खासगरी हरिया तरकारी र फलफूलको मूल्य निकै बढेको छ ।
डुमजातीले बनाएका पूजाको लागि चाहिने बासको चोयाले बनेका डाला, सुपली तथा कुम्हालेले बनाएका माटोका कलश र हाती किन्ने ग्राहकहरुकोे भीड छ । छठ पूजा हुने पोखरी, तलाउ तथा नदी किनारहरु दुलही झै सिंगारिँदै छन् भने भजन किर्तनका गीतहरुले वातावरण नै भक्तिमय बन्न थालेको छ ।