पुष्पराज अधिकारी
हेटाैंडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले किशोरी तथा महिलामाथि हुने सबैखाले हिंसाको खुलेर प्रतिकार गर्न युवाहरुलाई आग्रह गर्नुभएको छ ।
प्रदेश युवा परिषदले आयोजना गरेको आत्मरक्षासम्बन्धि दुइदिने तालिमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले किशोरीहरुले हिंसा सहेर होइन हिंसाको प्रतिकार गर्ने बानिको विकास गर्नुपर्नेमा जोड दिनुभभएकाे हाे ।
यस्तै, उहाँले वर्तमान समयमा महिलामाथि भएको बलात्कार, महिला हिंसा लगायतको घटनाहरु बढ्दै गएकाले चिन्ता व्यक्त गर्नुभयो । महिला तथा किशोरीमाथि हुने त्यस्ता घटना न्यूनीकरणमा महिला आत्मरक्षा तालिमले पनि केही हदसम्म सहयोग गर्ने बताउँदै प्रदेश सरकारले स्थानीयतहरुसँग समवन्य गरी सबै पालिकामा तालिम संचालन गर्ने जानकारी गराउनुभयो ।
महिलाहरु अझै पनि पुरुषहरुको तुलनामा पछाडि परेकाले उनीहरुको क्षमता अभिवृद्धी गर्दै नेतुत्वदायी भूमिकामा ल्याउन सबै मिलेर अघि वढ्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवा परिषद ५० प्रतिशत महिला सहभागिता सुनिश्चितता गराउने एकमात्र कार्यालय भएकाले कार्यालयले पहिलो कार्यक्रम नै महिला/किशोरी लक्षित गरी आयोजना गरेको बताउनुभयो ।
राज्यले युवाहरुको निम्ती हरेक वर्ष राम्रा कार्यक्रमहरु ल्याउने गरे तापनि युवा र सरकारबीच समवन्यको अभाव हुँदा सोचे अनुसार कामहरु हुन नसकेको उपाध्यक्ष चौलागाईंले जिकिर गर्नुभयो । त्यस्ता समस्याहरुलाई चिर्दे अघि बढ्न र युवाहरुको क्षमताको पहिचानसहित युवालाई उत्पादनसँग जोड्नका निम्ति प्रदेश युवा परिषद गठन भईसकेकाले अब प्रदेश युवा परिषद युवाहरुको विकासको लागि विषेश कार्यक्रममा साथ योजनावद्ध किसिमले अघि बढ्ने बताउनुभयो ।
यसैगरी, जिल्ला युवा समितिका अध्यक्ष शिवहरि दहालले युवाहरु देश मेरुदण्डको रुपमा रहेकाे हुनाले युवाहरुको लागि सरकारले विशेष कार्यक्रमहरु ल्याएको बताउनुभयो । युवाहरुले देशको आर्थिक सामाजिक तथा राजनीतिक रुपान्तरणको विभिन्न कालखण्डमा आफनो विषेश उपस्थितका साथ सहयोग गर्दै उभ्याउदै आएको बताउनुभयो ।
यस्तै, समयको परिवर्तनसँगै युवाहरुको भूमिकालाई पनि परिमार्जित गदै अब देशको आवश्यता समृद्ध नेपाल सुखी नेपाली स्लोग जस्तै रहेकाले युवाहरु एकजुट भइ त्यसका निम्ति लाग्नुपर्ने बताउनुभयो ।
दुई दिनसम्म चल्ने महिला आत्मरक्षा कार्यक्रममा जिल्लाका १० वटा स्थानीय तहका २२ जना किशोरीहरुको सहभागिता रहेको छ भने उनीहरुलाई नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट्स अर्गनाइजेसनका प्रशिक्षकले आत्मरक्षा उपायबारे प्रयोगात्मक विधिहरु सिकाउनेछन् ।