चितवन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत चितवनमा आज प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन शुरु भएको छ । बिहान ९ बजेदेखि मतदान प्रक्रिया शुरु भएको हो ।
निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै निर्वाचन प्रक्रिया शुरु भएको हो ।
चितवन क्षेत्र नं १ मा सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । इन्द्रकमल बुढाथोकी र किरणभूषण ओली, सचिवमा महेश्वर थपलिया, दिपकराज पौडेल, शिवनारायण चौधरी, ईश्वर खनाल, तथा उमेश गिरी र सहसचिवमा नवराज भुसाल, विष्णुहरि थापा, दीपनारायण चौधरी, गणेश थपलिया तथा माधव पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँका अनुसार यस निर्वाचन क्षेत्रमा ९१० क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । यस क्षेत्रको अधिवेशन रत्ननगरमा भइरहेको छ ।
यस्तै क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा भरत लामिछाने र लक्ष्मण गुरुङको उम्मेदवारी दर्ता भएको छ । सचिवमा काशीराम गिरी, ध्रुवराज सुवेदी, निर्मलकुमार राना, प्रल्हाद उप्रेती र विकास पौडेल तथा सहसचिवमा इन्द्रबहादुर घलान, कुष्माकुमारी पन्त, विष्णुहरि खनिया, भवानीदेवी अधिकारी, महेन्द्र थापामगर, रामजी पौडेल र सिर्जना बसौला देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस क्षेत्रमा ९६९ मतदाता रहेका छन् । यस क्षेत्रको मतदान उद्योग वाणिज्य संघमा भईरहेको छ ।
चितवन क्षेत्र नं ३ मा पाँच जनाले क्षेत्रीय सभापतिमा उम्मेदवारी मनोनयन गराएको बताइएको छ । सभापतिमा अमृतबहादुर बानिया, जगन्नाथ कँडेल, दामोदर न्यौपाने, देवेन्द्रप्रकाश क्षेत्री र लालबहादुर दवाडी उम्मेदवार रहनुभएको छ । यस्तै सचिवमा तुलाराम गुरुङ, दीपक कुँवर, नवीन न्यौपाने, बृज महतो (झलक), लिलकुमार महतो, सरस्वती पाण्डे (सिर्जना) र क्षेत्रप्रसाद सापकोटा तथा सहसचिवमा इन्दिरा भुसाल कँडेल, गणेशप्रसाद कँडेल, लक्ष्मीप्रसाद सापकोटा, र सिर्जना अधिकारी लामिछानेले उम्मेदवारी मनोनयन गराएको जनाइएको छ । यस निर्वाचन क्षेत्रको शहीद स्मारक कलेज शारदानगरमा मतदान हुँदैछ ।
चितवनमा ९६० मतदाता रहेकाे बताइएकाे छ ।