काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष मण्डल बनाएको छ ।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले ११ सदस्यीय अध्यक्ष मण्डल बनाएकाे हाे ।
अध्यक्ष मण्डलमा पार्टी अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएकाे छ।
कमिटी बैठकले अध्यक्ष मण्डलले गरेको निर्णय लेख्नका लागि माइन्युट कमिटी पनि निर्माण गरेकाे छ। कमिटीमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहनुभएकाे एमाले स्राेतले जानकारी दिएकाे छ ।
महाधिवेशनबाट नयाँ नेतृत्व चुनिनुअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएकाे हाे ।