काठमाडाैं । पछिल्लो पटक धेरै जनाको चासो र आकर्षणको केन्द्र बनेको छ शेयर बजार, शेयर बजारमा लगानी गर्ने र गर्न चाहनेको संख्या बढ्दै जाँदा शेयरमा गरिने लगानी कति सुरक्षित छ त भन्ने प्रश्न उब्जिन थालेको छ ।
यसैबीच जनता टेलिभिजनले बिहीवार 'शेयर बजारमा लगानी कति सुरक्षित छ ?' भन्ने जनता विषेश अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरक्रियामा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरी पराजुली, शेयर बजार विज्ञ रविन्द्र भट्टराई, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको सहभागीता रहेको थियो ।
कार्यक्रममा अन्य सहभागिहरुले शेयर बजारसम्वन्धी विज्ञ र नियामक निकायका प्रतिनिधिसँग सवाल जवाफ गरेका थिए। कार्यक्रमले शेयरबजारका बारेमा जानकारी र त्रान बढाउन उपयोगी हुने विश्वास लिइएको छ ।
कार्यक्रममा प्रायोजक युनाइटेड सिमेन्ट, एभरेष्ट बैंक, एनएलजी इन्सुरेन्स, एनएमबी बैंक लिमिटेड, गुडविल फाइनान्स रहेका छन्
वरिष्ठ पत्रकार टंक पन्तद्वारा सञ्चालित उक्त कार्यक्रम जनता टेलिभिजनमा मंसिर १४ गते मंगलवार राति ८ : ४५ मा प्रशारण हुनेछ ।