काठमाडौं । दशौं महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्षमा सर्वसम्मत दोहोरिने प्रयास गरिरहेका वेला उनी विरुद्ध चौतर्फी हमला भईरहेको छ।
पार्टी वाहिरवाट मात्र होइन पार्टी भित्रैवाट भिम रावल, घनश्याम भुसाल लगायतका नेताले ओलीविरुद्ध खरो टिप्पणी गरिरहेका छन् ।
भिम रावलले ओली विरुद्ध अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै अधिवेशनको वन्द सत्रमै भोट माग्न सुरु गरिसकेका छन् । भुसालले ओलीलाई षडयन्त्रकारीको संज्ञा दिदै उनले सुरु गरेको सहमतिको प्रयास असफल वनाउन आह्वान गरेका छन् । उनले पनि उपाध्यक्ष पदका लागि भोट मागिरहेका छन् ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकताको सहमति तोडेर ओली गुट बाहिर गएपछि समस्या सुरु भएको बताउनुभएको छ ।
त्याग, तपस्या, वीरता र बलिदानले भरिपूर्ण, विचार र प्रवृत्ति पनि क्रान्तिकारी भएको माओवादीसँग एमालेको तुलना नै नहुने दाबी गरेका छन् ।
उनले एमालेको तथाकथित अधिवेशनसँग आफुहरुको तुलनै हुन नसक्ने बताएका छन् ।
यसैगरी नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ भइरहेको टिप्पणी गरेका छन् ।
‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन् । आज नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ,’ उनले भने ।