काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गर्नुभएको छ ।
सर्वसम्म नेतृत्व चयन गर्ने कोशिस असफल भएपछि ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका अन्तिम नाम घोषणा गर्नुभएको हो।
घोषित नाममा अध्यक्षमा ओलीले आफैंलाई प्रस्ताव गर्नुभएको छ । बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्तावित छ । बाँकी ६ जना उपाध्यक्षमा सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल र विष्णु पौडेलको नाम छ ।
यस्तै महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरिएको छ ।
ओलीले तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गर्नुभएको छ ।
त्यसैगरी ७ जना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम प्रस्ताव गर्नुभएको छ ।
ओलीले यी नामहरु हलबाट पारित नगरि प्रस्तावित नेताहरुलाई मनोनयन दर्ताका लागि जान आग्रह गर्नुभयो । योसँगै प्यानलगत उम्म्मेदवारी दिन नपाइने जारी महाधिवेशनको मर्म ओली समूह आफैंले भंग गरेका छन् ।
यता अध्यक्षका प्रत्यासी भीम रावल,घनश्याम भुसाल लगायतले भने एक्लाएक्लै भिड्ने तयारी गर्नुभएको छ । एमालेको निर्वाचन आजै हुँदैछ ।