काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघको आयोजना एवं जनसंगीत मञ्चको व्यवस्थापनमा समाजवादी सांस्कृतिक कार्यक्रम प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष कृपाराम शर्मा धमलाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथि हुनुहुन्थ्यो ।
पार्टी महासचिव वेदुराम भुसाल, पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य दिलु पन्त लगायतका सयौं नेता तथा कार्यकर्ता एवं दर्शकको सहभागिता थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष नारायण परिश्रमीको मूल उदघोषण एवम् उपमहसचिव ऋषि अधिकारी एवम् जनसंगीत मञ्चका प्रमुख नवीन पौडेलको सह उदघोषणमा भएको सांस्कृतिक कार्यक्रममा रवि रानाको समूहको नृत्य प्रस्तुति, त्यस्तै, ऋषि अधिकारी, नारायण परिश्रमी, भीमसेन खतिवडा, बृजकिशोर सहनी, शैलेन्द्र खतिवडा, संगीता पौडेल, संगीता चौधरी, राजकुमार बानियाँ, सविन घिसिङ, पहलसिंह परियार आदि कलाकारले आफ्नो गायन प्रस्तुत गरेका थिए।
कार्यक्रममा गायक नवीन पौडेलको आयो आयो समाजवादी पार्टी आयो गीतको विमोचन प्रमुख अतिथि पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको थियो ।
सांस्कृतिक कार्यक्रममा आप्नो प्रमुख अतिथिको मन्तव्य राख्दै अध्यक्ष नेपालले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा संस्कृतिकर्मीले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।